npl.977 Nepal News Stream

Taksar News logo

Taksar News

अर्थराजनीतिक दिशानिर्देश

रक्षा सम्झौता अवसरवादी र लापरवाह रहेको ओपनएआईका सिइओ अल्टम्यानको स्वीकार

टक्सार न्युज | 46 minutes ago
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साम अल्टम्यानले कम्पनीले अमेरिकी रक्षा विभागसँग हतारमा सम्झौता गर्न नहुने बताएका छन् । उनले भने, “हालैको सम्झौतामा हतार गर्नु हुँदैनथ्यो र सम्झौतामा संशोधनहरूको रूपरेखा प्रस्तुत गर्नुपथ्र्यो ।” अल्टम्यानले सामाजिक सञ्जाल एक्समा आन्तरिक मेमोको पुनः पोस्टको रूपमा वर्णन गरेको कुरा सार्वजनिक गरे ।

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

टक्सार न्युज | 58 minutes ago
काठमाडाैँ । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ ।

आइपिओ जारी गर्ने तयारीमा हिमाल वाटर पार्क भिलेज

टक्सार न्युज | 58 minutes ago
काठमाडौँ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न दोस्रो वार्षिक साधारण सभा डाकेको छ । फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

मुग्लिङ–पोखरा सडकः पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

टक्सार न्युज | 1 hour ago
काठमाडाैँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूवी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ ।

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?

टक्सार न्युज | 1 hour ago
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ९.१५ प्रतिशत लाभांश दिने घोषण गरेको हो । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

भारत र क्यानडा बिच आणविक ऊर्जा सम्झौता

टक्सार न्युज | 1 hour ago
भारत र क्यानडाले १० वर्षे आणविक उर्जा सम्झौता गरेका छन् । कूटनीतिक तनावका कारण भारत र क्यानडाको खस्किएको सम्बन्ध पुनस्र्थापित गर्न दिल्लीमा भेटेपछि १० वर्षे आणविक ऊर्जा सम्झौता सहित धेरै सम्झौताको घोषणा गरेका छन् ।

२५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

टक्सार न्युज | 1 hour ago
काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य २ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २८ हजार ६०० रूपैयाँ कायम भएको छ ।

काठमाडौँबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

टक्सार न्युज | 2 hours ago
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको सङ्केत गर्दछ ।

रास्वपा सभापति लामिछानेको आधिकारिक फेसबुक पेजमा ह्याक प्रयास, मेटाद्वारा लक

टक्सार न्युज | 2 hours ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच बनाउने प्रयास भएको छ। पार्टी सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै आज बिहानैदेखि बाह्य व्यक्तिहरूले पेज ‘ह्याक’ गर्ने प्रयास गरेको जनाएको हो। सचिवालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त फेसबुक पेज हाल ‘मेटा’द्वारा लक गरिएको छ।

इरानमाथि अमेरिकी–इजरायली आक्रमण तीव्र, नौ युद्धपोत डुबाएको ट्रम्पको दाबी

टक्सार न्युज | 2 hours ago
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका नौ वटा युद्धपोत डुबाएको र इरानी नौसेनाको मुख्यालयलाई ठूलो मात्रामा ध्वस्त पारेको दाबी गरेका छन् । आइतवार एक अमेरिकी टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा उनले इरानमाथि गरिएको अमेरिकी–इजरायली संयुक्त आक्रमणमा ४८ जना वरिष्ठ इरानी अधिकारी मारिएको बताए ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव,आज कस्ताे रहनेछ माैसम ?

टक्सार न्युज | 4 hours ago
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाको अनुमान छ ।

मंगलबार कुन राशिको भाग्य कस्तो छ ?

टक्सार न्युज | 7 hours ago
२०८२ फागुन १९ गते मंगलबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् ।

अमेरिका र इजरायलको आक्रमणपछि इरानले किन खाडी मुलुकलाई निशाना बनाइरहेको छ ?

टक्सार न्युज | 20 hours ago
काठमाडौँ । गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरे । लामो समयको तनावकाबिच गरिएको आक्रमणमा इरानका सर्वोच्च नेतासहित वरिष्ठ सैन्य तथा सुरक्षाअधिकारीहरू मारिए । अहिले आक्रमण र प्रत्याक्रमण जारी छ । इरानले पनि आक्रमणको तुरुन्तै जवाफ फर्कायो । सुरुमै सर्वोच्च कमान्डर गुमाएको इरानले प्रत्याक्रमणलाई जारी राखेको छ ।

जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना कांग्रेसमा प्रवेश गर्दै

टक्सार न्युज | 20 hours ago
काठमाडौँ । जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् । मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो ।

मध्यपूर्वमा विकसित समस्यामा परेका नेपालीलाई सघाउन कांग्रेसले खोल्यो ‘हेल्प डेक्स’

टक्सार न्युज | 21 hours ago
काठमाडौँ । मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित भएको भन्दै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीका लागि ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको जनाएको छ । कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन ‘हेल्प डेक्स’सञ्चालनमा ल्याएको जनाएका हुन् ।

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

टक्सार न्युज | 21 hours ago
काठमाडाैँ । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।

मौन अवधिअघि काठमाडौँ सुनसान, मतदानका लागि जिल्ला फर्किँदै मतदाता

टक्सार न्युज | 21 hours ago
काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरू हुनै लाग्दा काठमाडौँको सडक सुनसान देखिएको छ । मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि आज होली पर्वका दिन पनि काठमाडौँको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन ।

मौन अवधि आज रातिदेखि लागू, प्रचारप्रसार गरे उम्मेदवारी खारेजसम्मको चेतावनी

टक्सार न्युज | 21 hours ago
काठमाडौँ । बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि सुरु हुने भएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोगले उक्त अवधि तोकेको हो ।

पुँँजीगत बजेट ४ खर्ब भन्दा बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

टक्सार न्युज | 23 hours ago
काठमाडाैँ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षका लागि विकासतर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर आठ महिना बितिसक्दा पनि १ खर्ब रुपैयाँसमेत खर्च हुन नसक्नुले विकास निर्माणको गति कमजोर रहेको सङ्केत गरेको छ ।

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

टक्सार न्युज | 23 hours ago
काठमाडाैँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) ले देशभर नयाँ उत्साह र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेकी छन्। सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उनले होली पर्वले नेपाली समाजमा एकता, सद्भाव र आपसी विश्वास सुदृढ बनाउने बताइन्।

Explore news by Category