Taksar News
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?
टक्सार न्युज
|
8 hours ago
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ९.१५ प्रतिशत लाभांश दिने घोषण गरेको हो ।
कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले वितरणयोग्य मुनाफाबाट कायम चुक्तापूँजी १ अर्ब ७० करोड ९ लाख रुपैयाँको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।