राजविराज । माघी अर्थात मकर संक्रान्तिका अवसरमा विहिवार जिल्लामा विविध कार्यक्रम भएका छन । कसैले घर परिवार मै त कसैले सार्वजनिक कार्यक्रम गरेर तिला, लडडु, तरुल, दही, च्युरा र खिचडी खाने र अरुलाई खुवाएर मकर संक्रान्ति मनाएका छन ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ । यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो ।
काँक्रेविहार। पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी तीन जनाको मत्यु भएको छ । गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो । गत पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ अध्यादेश तयार गरी मन्त्रिपरिषद्मा पठाएको छ । प्रस्ताव अनुसार विश्वविद्यालयको संरक्षक राष्ट्रपति रहने र परिषद्को अध्यक्ष कुलपति हुने व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार दीक्षान्त समारोहमा राष्ट्रपति संरक्षकका रूपमा सहभागी हुने प्रावधान राखिएको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो।
रसुवा। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ ।
आइरन फोलिक एसिड खरिदको विवादित ठेक्का रद्द गरिएपछि १५ करोड रुपैयाँ स्वास्थ्य सेवा विभागमा रोकिएको छ। नियमानुसार स्थानीय सरकारले किन्नुपर्ने औषधि संघीय सरकारले खरिद गर्न ठेक्का लगाउँदा लागत रकमबारे विवाद भएपछि गत २२ कात्तिकमा विभागले रद्द गरेको थियो। आइरन फोलिक एसिड सरकारले नि:शुल्क वितरण गर्ने ९८ प्रकारका औषधिमध्ये पर्छ।
काठमाडौँ । बहुचर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त सुरेन्द्र गौतम अन्ततः प्रहरीको फन्दामा परेका छन्। चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको तस्करी समूहका सक्रिय सदस्य गौतमलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ का ३५ वर्षीय गौतम २०७५ सालदेखि फरार थिए।
काठमाडौँ। आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
भद्रपुर। कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ ।
सुनसरी। सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ मजदुरको मृत्यु भएको छ यस्तै ३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नर्सिङ–८, सोनियाहीमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित दुर्घटना भएको हो । ट्रकको पछाडि सामानमाथि बसेका पाँच मजदुरको घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको वैज्ञानिक रूपान्तरण, आन्तरिक सुधारसहित सर्वाङ्गीण विकासका लागि दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको थियो । अनेरास्ववियु नेपाल, नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित दुई दिने गोष्ठी कार्यक्रममा विद्यार्थी, प्राध्यापक र कर्मचारीको संयुक्त कार्यशाला सम्पन्न भएको हो ।
इटहरी- भारी सामग्री ढुवानीका क्रममा अपनाइनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको बेवास्ता गर्दा सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित फूलचोकमा पाँच जना कामदारले ज्यान गुमाएका छन्।