npl.977 Nepal News Stream

#समाज

Kendrabindu logo Kendrabindu

मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थल प्रभावित, धेरै उडान रद्द

इन्द्र कमल रोक्का | 39 minutes ago
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थलहरु प्रभावित भएका छन् । कतिपय हवाई क्षेत्र बन्द भएपछि विभिन्न क्उडान सञ्चालन लगभग शून्यमा झरेको छ । जसले भारत र खाडी गन्तव्यहरू बीचको हवाई यात्रालाई असर गरेको विमानस्थल अधिकारीहरूले मंगलबार बताएका छन्।
Kendrabindu logo Kendrabindu

निर्वाचनको सन्दर्भमा अदालत छ दिन बन्द हुने

इन्द्र कमल रोक्का | 1 hour ago
काठमाडौँ । होली पर्व र प्रतिनिसिभा सदस्य निर्वाचनको सन्दर्भमा सिरहा जिल्ला अदालत छ दिन बन्द हुने भएको छ । जिल्ला अदालतका स्रेष्तेदार/ उपसचिव भेषराज भट्टराईद्वारा जारी सूचनामा १९ देखि २४ फागुनसम्म अदालत बन्द रहने जनाइएको छ ।
Himal Press logo Himal Press

छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

Kiran Poudel | 2 hours ago
सुर्खेत- कर्णाली प्रदेशको सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ । सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको भन्दै स्थानीय बासीले खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रवक्ता डिएसपी मोहनजंग बुढ थापाले जानकारी दिए ।
Kendrabindu logo Kendrabindu

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा ज्योतिष पक्राउ

इन्द्र कमल रोक्का | 2 hours ago
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
Himal Press logo Himal Press

‘फागुन २१ मा चुनाव हुँदैन’ भन्दै ‘भ्रम फैलाउने’ ज्योतिषी पक्राउ

Kiran Poudel | 2 hours ago
काठमाडौँ- चुनावको विषयमा अपवाह फैलाएको आरोपमा एक ज्योतिषी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ परेका हुन्। फागुन २१ मा निर्वाचन हुँदैन भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्।
Himal Press logo Himal Press

बानेश्वरमा टिपरले दियो स्कुटरलाई ठक्कर, लोकन्थली बस्ने सरकारी कर्मचारीको निधन

Kiran Poudel | 3 hours ago
काठमाडौँ- निर्वाचनको मौन अवधिको समयमा काठमाडौँको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका-५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेका छन्। प्रदेश ३–००१ ब ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा.
Himal Press logo Himal Press

दुई स्थानमा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईको पर्चा

Kiran Poudel | 4 hours ago
काठमाडौँ- काठमाडौँका दुई स्थानमा गाडीमा आगजनी गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो। सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको थापाले जानकारी दिए। उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो।
Kendrabindu logo Kendrabindu

नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौँ ।काठमाडौंको नयाँ बानेश्वरमा मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए । प्रदेश ३–००१ ब.
Kendrabindu logo Kendrabindu

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने

इन्द्र कमल रोक्का | 4 hours ago
काठमाडौं । आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् । वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्र ग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ ।
Kendrabindu logo Kendrabindu

अमेरिकाले तत्काल फिर्ता बोलायो मध्यपूर्वी मुलुकमा रहेका आफ्ना नागरिकलाई

इन्द्र कमल रोक्का | 5 hours ago
काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ ।
Kendrabindu logo Kendrabindu

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

इन्द्र कमल रोक्का | 5 hours ago
काठमाडौं । फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ । एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
Kendrabindu logo Kendrabindu

मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

इन्द्र कमल रोक्का | 5 hours ago
हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ ।मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो ।
Kendrabindu logo Kendrabindu

निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छ : महासचिव सिटौला

इन्द्र कमल रोक्का | 5 hours ago
काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्रतिनिधिसभा निर्वाचनका कारण देशभर सार्वजनिक सवारीसाधन चलायमान भएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले विगतको तुलनामा सुरुमा केही कम देखिए पनि पछिल्लो अवस्थामा सवारी सञ्चालन ह्वात्तै बढेको छ । ‘निर्वाचनका कारण महाकालीदेखि मेचीसम्म सवारीसाधन परिचालन भएका छन् ।
Kendrabindu logo Kendrabindu

कर्णाली किनारमा प्याज खेती लोभलाग्दो

इन्द्र कमल रोक्का | 5 hours ago
भजनी। टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षदेखि कर्णाली नदी किनारमा बगरखेती गर्दै आएका छन्। सिँचाइ सहज र उत्पादन राम्रो हुने भएकाले उनी नदी किनार र टापुको जमीन प्रयोग गर्दै खेती गर्दै आएका हुन्। थारूले प्याजखेतीलाई प्राथमिकता दिएका छन्। बर्सेनि १०–१२ क्विन्टल प्याज टापुबाट उत्पादन गरिन्छ। प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटर पनि उत्पादन गरिन्छ।
Kendrabindu logo Kendrabindu

निर्वाचन सुरक्षाका लागि पाँचथरमा नेपाल–भारत सीमा बन्द

इन्द्र कमल रोक्का | 5 hours ago
पाँचथर। जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमाक्षेत्रमा आवतजावत पूर्ण रूपमा बन्द गरेको छ। प्रशासनले फागुन १८ गते मध्यरातिदेखि फागुन २१ गते मध्यरातिसम्म सीमाबाट हुने आवागमनमा रोक लगाएको जनाएको हो।
Kendrabindu logo Kendrabindu

सवारी दुर्घटनामा युवकको मृत्यु, एक जना घाइते

इन्द्र कमल रोक्का | 5 hours ago
सिद्धार्थनगर। रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो ।
Kendrabindu logo Kendrabindu

मध्यरातदेखि भारतीय सीमानाका बन्द

इन्द्र कमल रोक्का | 6 hours ago
वीरगन्ज। जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुने गरी भारतसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएको भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँगका सीमानाका निर्वाचन सुरक्षालाई ध्यानमा राखी बन्द गरिएको हो।
Himal Press logo Himal Press

सूर्योदय

Kiran Poudel | 6 hours ago
गुल्मी- गुल्मीको पर्यटकीय स्थल गर्जुरा क्षेत्रबाट मंगलबार बिहान देखिएको सूर्योदय।
Kendrabindu logo Kendrabindu

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

इन्द्र कमल रोक्का | 6 hours ago
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार इन्धन आपूर्ति नियमित रहेको र निर्वाचन अवधिभर पनि पर्याप्त मात्रामा आपूर्ति हुने व्यवस्था मिलाइएको छ।
नेपाल न्युज logo नेपाल न्युज

थारूले नै बिर्सिएको थरूहट राजनीति

कृष्णराज सर्वहारी | 7 hours ago
२ साउन २०५७ मा कमैया प्रथा अन्त्य हुनुअघिसम्म पश्चिमको थारू समुदायले केमा भोट हाल्ने भन्ने कुरा मालिकले नै तय गर्थे। थारू गाउँको अगुवा बरघर पनि जमिनदारको मुट्ठीमा हुन्थे। बरघरमार्फत मालिकले उर्दी जारी गर्थे, ‘अप्कि भोट फलाना चिन्हामे डर्ना बा, सब गँवल्यन बटा डिहिस। टरे उप्पर हुइ टो ठिक नाइ हुइ।

Explore by Source or Category