npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्वाचनको सन्दर्भमा अदालत छ दिन बन्द हुने

इन्द्र कमल रोक्का 3 hours ago

काठमाडौँ  । होली पर्व र प्रतिनिसिभा सदस्य निर्वाचनको सन्दर्भमा सिरहा जिल्ला अदालत छ दिन बन्द हुने भएको छ । जिल्ला अदालतका स्रेष्तेदार/ उपसचिव भेषराज भट्टराईद्वारा जारी सूचनामा १९ देखि २४ फागुनसम्म अदालत बन्द रहने जनाइएको छ ।

उक्त अवधिमा पर्ने मतदानको दिन २१ फागुन र २३ फागुन शनिबार बाहेक अन्य दिनहरुमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई गर्न, जरुरी पक्राउ पूर्जी स्वीकृत गर्न पक्राउ पूर्जी अनुमतिका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ । 

सूचना अनुसार उक्त अवधिमा दिनको १ बजेभित्र दर्ता भएका बन्दी प्रत्यक्षीकरणको निवेदन सोही दिन र त्यसपछिका निवेदन त्यसको भोलिपल्ट सुनुवाई हुने जनाइएको छ । 

Read more news from Kendrabindu

Explore by Source or Category