निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा ज्योतिष पक्राउ
इन्द्र कमल रोक्का
|
7 hours ago
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
सामाजिक सञ्जाल युट्युबमार्फत उनले ‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर आइतबार साँझ काठमाडौँ प्रहरीलाई बुझाएको हो । अधिकारीमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।