छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला
Kiran Poudel
|
4 hours ago
सुर्खेत- कर्णाली प्रदेशको सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।
सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखिएको भन्दै स्थानीय बासीले खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रवक्ता डिएसपी मोहनजंग बुढ थापाले जानकारी दिए ।
प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित घेरामा राख्दै सर्वसाधारणको आवतजावत नियन्त्रण गरेको छ । शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय गरेर आवश्यक सुरक्षा सतर्कता अपनाएर शंकास्पद वस्तुलाई डिस्पोस गरिएको प्रहरीले जनाएको छ ।