Kiran Poudel
|
22 minutes ago
काठमाडौँ- चुनावको विषयमा अपवाह फैलाएको आरोपमा एक ज्योतिषी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ परेका हुन्। फागुन २१ मा निर्वाचन हुँदैन भनेर भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्।
Kiran Poudel
|
34 minutes ago
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फेसबुक पेज बन्द भएको छ। लामिछानेको फेसबुक पेज रहस्यमय ढंगले ह्याक गर्ने प्रयास भएपछि ‘लक’ गरिएको दाबी उनको सचिवालयले गरेको छ। लामिछानेले निर्वाचनको मौन अवधि सुरु हुनुअघि सहकारी प्रकरणबारे अभिव्यक्ति दिएका थिए।
Susmita Bajagain
|
56 minutes ago
काठमाडौँ- हलमा प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ ले १२ करोड भन्दा धेरै कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार फिल्मले १२ करोड भन्दा धेरै कमाइ गरेको हो। विवरणअनुसार फागुन १६ गतेसम्म फिल्मले १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ कलेक्सन गरेको छ।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको हो।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- रौतहटमा लुटपाट गर्न खोज्ने दुईलाई नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाटगएराति गढीमाई नै बस्ने २१ वर्षीय सोमन कुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन्।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- निर्वाचनको मौन अवधिको समयमा काठमाडौँको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काठमाडौँ प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका-५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेका छन्। प्रदेश ३–००१ ब ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा.
Susmita Bajagain
|
1 hour ago
काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरू खेतबारी बारी गोरुलेझैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन्।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- काठमाडौँका दुई स्थानमा गाडीमा आगजनी गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो। सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको थापाले जानकारी दिए। उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो।
Kiran Poudel
|
2 hours ago
हुम्ला- यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको छ। निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको छ। सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ।
Kiran Poudel
|
2 hours ago
रूपन्देही- रूपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र ०१-००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो।
Kiran Poudel
|
2 hours ago
काठमाडौँ- रौतहटको चन्द्रनिगाहपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। शनिबार रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपेडामा मंगलबार बिहान सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु देखिएपछि सेनालाई खबर गरिएको थियो। बिहान घटनास्थल पुगेको सेनाले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो।
Madhav P. Nepal
|
2 hours ago
काठमाडौँ – पश्चिम एसियामा फैलिँदै गएको द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा अवरोधको जोखिम बढेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्य तीव्र रूपमा उकालो लागेको छ। यसको प्रभावस्वरूप विश्व सेयर बजारमा गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमध्ये एकमा ड्रोन आक्रमण भएपछि बन्द गर्नुपरेको छ।
Kiran Poudel
|
3 hours ago
पाँचथर- जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ। प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल-भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- सुर्खेतमा खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ। गएराति ८ बजे वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा बन्दै गरेको घरमा खनिएको खाल्डोमा परेर २ बालबालिकाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे।
Kiran Poudel
|
3 hours ago
गण्डकी- पोखराको महत्वपूर्ण गन्तव्य फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न डुंगा सयर गर्दै भक्तजन। धार्मिक एवं पर्यटकीय स्थल यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आर्षण बढेको छ ।
Kiran Poudel
|
3 hours ago
गुल्मी- गुल्मीको पर्यटकीय स्थल गर्जुरा क्षेत्रबाट मंगलबार बिहान देखिएको सूर्योदय।
Kiran Poudel
|
4 hours ago
Kiran Poudel
|
4 hours ago
वीरगन्ज- जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए।
Kiran Poudel
|
4 hours ago
गण्डकी- पोखरा महानगरपालिका १७ घारीपाटनस्थित नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३३औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ। अस्पातलको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिइन्।