npl.977 Nepal News Stream

Himal Press logo Himal Press

रवि लामिछानेको फेसबुक बन्द!

Kiran Poudel 4 hours ago

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फेसबुक पेज बन्द भएको छ। लामिछानेको फेसबुक पेज रहस्यमय ढंगले ह्याक गर्ने प्रयास भएपछि ‘लक’ गरिएको दाबी उनको सचिवालयले गरेको छ।

लामिछानेले निर्वाचनको मौन अवधि सुरु हुनुअघि सहकारी प्रकरणबारे अभिव्यक्ति दिएका थिए। उनको सचिवालयले विज्ञप्ति जारी गर्दै बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने पटकपटक प्रयास गरेको जानकारी पाएपछि सुरक्षा जोखिमका कारण फेसबुक (मेटा) ले नै पेज हाललाई बन्द (लक) गरिदिएको दाबी गरेको छ।

अहिले मेटाको सुरक्षा टिमसँग समन्वय गरी पेज फिर्ता ल्याउने प्रयास भइरहेको लामिछानेको सचिवालयले जनाएको छ।

Read more news from Himal Press

Explore by Source or Category