npl.977 Nepal News Stream

Himal Press logo Himal Press

सादा पोसाकको प्रहरीले छापा मार्दा भेट्यो रबरको गोली र खुकुरी र बन्चरो, एक युवक नियन्त्रणमा

Kiran Poudel 5 hours ago

भक्तपुर- सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन्। भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्दै आएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको हो।

उनीबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद गरिएको छ। सादा पोसाकमा खटिएको प्रहरीले छापा मारेर रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बन्चरो पनि बरामद गरेको छ।

Read more news from Himal Press

Explore by Source or Category