अभिव्यक्तिका कारण विवादमा सोविता गौतम, जनजाति महासंघको आपत्ति
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्रृ एवं चितवन क्षेन नं ३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएको भन्दै सम्बन्धित संस्था र व्यक्तिहरूले आपत्ति जनाएका छन्।
सोविताले चुनावी सम्बोधनका क्रममा ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भनी अभिव्यक्ति दिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिले आपत्ति जनाएको छ ।
‘आफ्नो सम्बोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भनी जुन निकृष्ट टिप्पणी गर्नुभएको छ । त्यसले वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमर्दन मात्र गरेको छैन, हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत गम्भीर प्रहार गरेको छ’, परिषद् समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
परिषद्ले यस विषयमा गौतमले माफी नमागे उनलाई चुनावमा बहिष्कार गर्ने चेतावनी दिएको छ ।
