चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार इन्धन आपूर्ति नियमित रहेको र निर्वाचन अवधिभर पनि पर्याप्त मात्रामा आपूर्ति हुने व्यवस्था मिलाइएको छ।
सोमबार जारी सूचनामा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेको र आसन्न निर्वाचनको समयमा पनि आपूर्ति नरोकिने उल्लेख गरिएको छ।
निगमले जेरी क्यान वा ड्रममा इन्धन भण्डारण गर्दा आगजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता भाँडामा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको जनाएको छ।
सम्भावित आगलागीको जोखिम न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र इन्धन खरिद गर्न उपभोक्तालाई अनुरोध गरिएको छ।