npl.977 Nepal News Stream

#समाचार

News of Nepal logo News of Nepal

टेलिकमको बिलिङमा समस्या आएपछि प्रणाली बाइपास

न्युज अफ नेपाल | 2 hours ago
काठमाडौं। बिलिङ प्रणालीमा पटक पटक समस्या देखिएपछि नेपाल टेलिकमले पुनः प्रणाली बाइपास गरेर सेवा सञ्चालन गरेको पाइएको छ । सोमबार र मंगलबार दुईपटक आएको प्राविधिक समस्याका कारण टेलिकमको डेटा सेवा प्रभावित बनेको थियो ।
News of Nepal logo News of Nepal

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्य हत्या आरोपी गौतम पक्राउ

न्युज अफ नेपाल | 2 hours ago
काठमाडौँ। नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
NepalWatch logo NepalWatch

कांग्रेसमा शेरबहादुरलाई अहिले जबरजस्ती निकालेजस्तै मलाई पनि गर्न खोजेका थिए: ओली

Nepal Watch | 3 hours ago
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि सम्पन्न महाधिवेशनले आफ्नो पार्टीलाई विभाजन हुनबाट जोगाएको दाबी गरेका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवालाई हटाउन भइरहेको प्रयास र आफ्नो विगतको अवस्था उस्तै रहेको टिप्पणी गरे।
RONB post logo RONB post

नेपालको बलिङ प्रशिक्षकमा इयान हार्भी नियुक्त

RONB Post | 3 hours ago
क्यानले नेपाली टिमको टी-२० विश्वकपलाई केन्द्रित गर्दै अस्ट्रेलियन पुर्व खेलाडी हार्भीलाई बलिङको कन्सल्टेन्ट को नियुक्त गरेको छ । The post नेपालको बलिङ प्रशिक्षकमा इयान हार्भी नियुक्त appeared first on RONB post.
RONB post logo RONB post

त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमाका सबै सेवा

RONB Post | 4 hours ago
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। The post त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमाका सबै सेवा appeared first on RONB post.
News of Nepal logo News of Nepal

म्याग्दीका मगर समुदायले धुमधामका साथ मनाए माघेसङ्क्रान्ति पर्व (फोटोफिचर)

न्युज अफ नेपाल | 4 hours ago
म्याग्दी– म्याग्दीमा बसोबास गर्दै आइरहेका मगर समुदायले बुधवार धुमधामका साथ माघेसङ्क्रान्ति पर्व मनाएका छन् । माघेसङ्क्रान्ति पर्वको अवसरमा आफ्नो जातीय भेषभूषामा सजिएर मगर समुदायले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकासहित विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै पर्व मनाएका हुन ।
News of Nepal logo News of Nepal

नेपाल लगायत ७५ देशका नागरिकको अमेरिकाको आप्रवासी भिसामाअस्थायी रोक

न्युज अफ नेपाल | 4 hours ago
अमेरिका। अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेको छ। यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न चालिएको जनाइएको छ ।
Online Tv Nepal logo Online Tv Nepal

राष्ट्रिय लिगका खेल एमएसएम भिडियो एपमार्फत प्रत्यक्ष हेर्न सकिने

अनलाइन टीभी | 5 hours ago
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगका खेलहरू अब दर्शकले एमएसएम भिडियो एप मार्फत प्रत्यक्ष (लाइभ) हेर्न सक्ने भएका छन्। एन्फा र एमएसएम भिडियोबीच भएको सहकार्यअनुसार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सलगायत विभिन्न मैदानमा हुने राष्ट्रिय लिगका सबै खेलको लाइभ स्ट्रिमिङ एमएसएम भिडियो एपमा उपलब्ध हुनेछ।
News of Nepal logo News of Nepal

प्रदेय को १५ औं अङ्क सार्वजनिक

न्युज अफ नेपाल | 6 hours ago
दोलखा। विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक वर्ष माघ– १ गते माघे सङ्क्रान्तिको दिन प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका प्रदेय को १५ औँ अङ्क सार्वजनिक भएको छ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले बिहीबार प्रदेयको १५ औँ अङ्क सार्वजनिक गर्नु भएको हो ।
RONB post logo RONB post

रुरुधाममा ५ दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

RONB Post | 6 hours ago
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको आज पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहनैदेखि घुइँचो लागेको हो ।
News of Nepal logo News of Nepal

आगलागीबाट ११ लाख ५७ हजार बराबरको क्षति

न्युज अफ नेपाल | 7 hours ago
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सिरुवानी गाउँको एक दलित परिवारको घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा खसी बाख्रा घरगोठ जलेर करिब ११ लाख ५७ हजारको क्षति भएको छ ।
Online Tv Nepal logo Online Tv Nepal

वरिष्ठ कानुन व्यवसायी सबै गगन–विश्वको पक्षमा, देउवा पक्षलाई टेन्सन

अनलाइन टीभी नेपाल | 7 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेपछि शेरबहादुर देउवा पक्ष कानुनी परामर्शमा लागेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन् ।
Sutra News logo Sutra News

ओली, विप्लव र जनार्दनबिच चुनावी तालमेल !

सुत्र न्युज | 7 hours ago
काठमाडौं । फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच तालमेलको छलफल अघि बढेको छ । तीन दलबिच बेग्लाबेग्लै रूपमा चुनावी तालमेलको छलफल अघि बढेको हो । एमाले र माओवादीबिच केही समयदेखि नै तालमेलको विषयमा छलफल चलिरहेको छ । विशेषगरी एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताका बिचमा संवाद भइरहेको छ । केही दिनअघि मात्रै एमालेका नेता सूर्य थापाले माओवादी नेता दिनेशविक्रम चन्दसँग तालमेलको नियमित छलफलमा रहेको कुरा सार्वजनिक गरेका थिए ।
News of Nepal logo News of Nepal

भारतीय सहयोगमा निर्माण भएको विद्यालय भवन उद्घाटन

न्युज अफ नेपाल | 7 hours ago
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको भारतीय सहयोगमा निर्माण गरिएको ३ तले २४ कोठे भवन बिहीबार माघ १ गते उद्घाटन भएको छ ।
Sutra News logo Sutra News

विप्लव र मिराज ढुंगानाबीच चार बुँदे सहमति [पत्रसहित]

सुत्र न्युज | 7 hours ago
काठमाडाैं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जेनजी समूहका संयोजक मिराज ढुंगानाबीच चार बुँदे सहमति भएको छ। बिहीबार दुवै नेताले संयुक्त रूपमा सहमति पत्रमा हस्ताक्षर गर्दै राजनीतिक सहकार्यलाई औपचारिक रूप दिएका हुन्। सहमतिअनुसार मुलुकमा सर्वपक्षीय समझदारी कायम गर्दै अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गरिनेछ। साथै, जेनजी विद्रोहले उठाएका मागहरू पूरा गराउन दुवै पक्ष एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरिएको छ।
News of Nepal logo News of Nepal

जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मिना चौँलागाई र पवन आलोकलाई 

न्युज अफ नेपाल | 7 hours ago
रामेछाप । नेपाली साहित्यका शिखर पुरुष स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा स्थापित ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ यस वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिने भएको छ। जगदीश घिमिरे प्रतिष्ठानले प्रदान गर्ने पुरस्का २०८१ र २०८२ को पुरस्कार क्रमशः साहित्यकार मिना चौलागाईं र पवन आलोकलाई प्रदान गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
News of Nepal logo News of Nepal

“कांग्रेस एक हुन सकेन, तर चुनावी लडाइँ जित्नुपर्छ : डा. शेखर कोइराला”

न्युज अफ नेपाल | 9 hours ago
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै अब आसन्न निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। कांग्रेस विभाजनका विषयमा दोषारोपणले राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्ने भन्दै उनले यसबारे इतिहासले नै मूल्यांकन गर्ने उल्लेख गरेका छन्।
News of Nepal logo News of Nepal

वैदेशिक रोजगारीको नाममा २८ लाखभन्दा बढी ठगी, पाँच जना पक्राउ

न्युज अफ नेपाल | 10 hours ago
काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
RONB post logo RONB post

गगन थापालाई घोषणा पत्र लेखनको जिम्मा, विश्वप्रकाश चुनावी कमान्डर

RONB Post | 10 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगन थापाको संयोजकत्वमा घोषणा पत्र लेखन समिति गठन गरेको छ । बिहीवार कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सभापतिको संयोजकत्वमा घोषणा पत्र लेखन समिति बनाएको हो ।
Sutra News logo Sutra News

गगन समूहलाई ‘मूल कांग्रेस’मा फर्किन शेखरको आह्वान

सुत्र न्युज | 10 hours ago
काठमाडौं । विशेष महाविधेशन गर्दै पार्टीको वैधानिकता लिने होडमा अघि बढेको गगन थापा समूहलाई ‘मूल कांग्रेस’मा फर्किन नेता डा. शेखर कोइरालाले आह्वान गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले समीक्षा मूल घरभित्रै हुने बताएका छन् । उनले भनेका छन्, ‘म आह्वान गर्छू– हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं, यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।’ कांग्रेस विभाजन गराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय सबै खालका षडयन्त्र भएको उनको भनाई छ । जसलाई रोक्न आफूहरु असक्षम बनेको उनले बताएका छन् ।

Explore by Source or Category