पोखरा। कास्कीको पोखरास्थित लेकसाइडमा आज दिउँसो शंकास्पद वस्तु फेला परेको छ । पोखरा महानगरपालिका–६, लेकसाइडस्थित एक पसलछेउमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । स्थानीयका अनुसार, लेकसाइडको लालुपातेमार्गनजिकैको एउटा पसलबाहिर एक व्यक्तिले झोला छाडेर गएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
The post संकटमा पर्यावरण, कृषि र पशुपालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने कुनै पनि गतिविधि भएमा आयोगलाई तुरुन्तै जानकारी गराउन आयोगलाई आग्रह गरेका छन् । भण्डारीले मौन अवधिमा ुअनधिकृत कामु बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए।
काठमाडौं । निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज भएको जानकारी दिए ।
काठमाडौँ । खाडी क्षेत्रमा विकसित सुरक्षा अवस्थाका कारण अस्थायी रूपमा बन्द गरिएका दुबई अन्तर्राष्ट्रिय विमानस्थल र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाट आंशिक रूपमा हवाई सेवा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। बीबीसीको विवरणअनुसार ती विमानस्थलबाट लन्डन, मस्को र पेरिसलगायतका गन्तव्यतर्फ उडान प्रारम्भ भएका छन्। यद्यपि सेवा पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन।
महेन्द्रनगर। कञ्चनपुरमा एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्ती स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।
काठमाडौँ। रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सोमन कुमार सहनी र २१ वर्षिय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् ।
दमौली (तनहुँ)। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
खोटाङ – रामप्रसादराई गाउँपालिका–३ भुल्केमा वर्षौँदेखि रहँदै आएको खानेपानी समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत गाउँका ४६८ घरधुरीमा खानेपानी सेवा विस्तार गरिएपछि पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने बाध्यता हटेको छ ।
कैलाली – वर्षायाममा उग्र बहावका कारण त्रास फैलाउने कर्णाली नदी हिउँद लागेसँगै स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षयता कर्णाली नदीको किनार र टापु क्षेत्रमा बगरखेती गर्दै आएकाछन् ।
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ। आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो ।
वीरगन्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
उदयपुर। उदयपुरको गाईघाटस्थित रेग्मी निवासमा सोमवार तुलसी स्मृति ग्रन्थको लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीले एक कार्यक्रमका बीचमा लोकार्पण गर्नुभएको छ । अध्यक्ष रेग्मीले तुलसी स्मृति ग्रन्थको लोकार्पण गर्दै बहुआयामिक व्यक्तित्वका धनी स्व.
पोखराफागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामै निर्वाचनका सबै सामग्री पठाइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकीका सबै जिल्लामा निर्वाचनसम्बन्धी ५१ प्रकारका सामग्रीहरू सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पु¥याइसकेको छ ।