npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवा सशस्त्र प्रहरीको नियन्त्रणमा  

न्युज अफ नेपाल 20 hours ago

काठमाडौँ। 

रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती  सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । 
नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सोमन कुमार सहनी र २१ वर्षिय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरुलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको स्ट्राइकिङ टोलिले नियन्त्रणमा लिएको हो । 

  उनीहरुले सोही जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादब र निजको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। 

Read more news from News of Nepal

Explore by Source or Category