News of Nepal
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्युज अफ नेपाल
|
9 hours ago
काठमाडौँ।
स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा दुई हजार ५०० र चाँदी प्रतितोला २०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन तीन लाख २६ हजार १०० र एक तोला चाँदी छ हजार २० मा कारोबार भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।