npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

खाना पकाउने क्रममा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

न्युज अफ नेपाल 11 hours ago

महेन्द्रनगर।

कञ्चनपुरमा एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्ती स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।

सोमबार राति खाना पकाउने क्रममा अचानक बेहोस भएका उनलाई उपचारका लागि धनगढी स्थित निशर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रवक्ता शाहीका अनुसार राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Read more news from News of Nepal

Explore by Source or Category