काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेलगायतका राजनीतिक शक्तिहरूलाई ‘डेट एक्स्पाएर’ घोषणा गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक शक्तिलाई आफ्नो नेतृत्वमा ध्रुवीकरण बढाएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा प्यानल निर्माणसँगै नेताहरू तानातानमा परेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष हुने दौडमा छन् । ओली र पोखरेल दुवैले प्यानल निर्माणसहित अध्यक्षमा विजयी हुन आन्तरिक रणनीति निर्माणमा लागेका छन् । देशैभरि प्रतिनिधि छनोटको कार्य सकिएको छ ।
लामो समय नेकपा एमालेको राजनीति गरेर हालै मात्र नयाँ दलमा प्रवेश गरेका नेता भीम रावल भाषणका क्रममा झुक्किएका छन्। आइतबार कास्कीको पोखरामा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देशसभालाई सम्बोधन गर्ने क्रममा नेता रावलको जिब्रो लर्बराएको हो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारको निर्माणकर्ता आफूहरू नै भएको दाबी गर्दै निर्धारित मितिमै चुनाव गराउन खबरदारी गरेका छन्। आइतबार पोखराको चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै दाहालले यस्तो खबरदारी गरेका हुन्। सरकारलाई चुनावी वातावरण बनाउन आग्रह गर्दै दाहलले भने, ‘यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दा आज पार्टी सभापति रवि लामिछानेको तस्बिर नराखी गरेको छ । यसअघिका सम्पूर्ण कार्यक्रममा सभापति लामिछानेको तस्बिर राख्ने गरेको रास्वपाले अहिले किन राखेन भनेर रास्वपाका नेताले आपत्ति जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले तथा विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो। आज राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर पार्टी एकता पत्रमा हस्ताक्षर र घोषणासमेत भएको हो।
काठमाडौँ- नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी विवादले निकास पाएको छ। सभापति शेरबहादुर देउवाको निर्देशनबमोजिम आगामी पुस २६ देखि २९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी निकास निकालिएको हो।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् । आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौँमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र डा.
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा नेता भीम रावलले आफ्नो अधिकांश वक्तव्य नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि केन्द्रित गरे। उनले ओलीको नेतृत्वमा बनेको एमाले–माओवादी केन्द्र एकीकृत नेकपा सरकारका समयमा दुई पटक संसद विघटन भएको प्रसंग उठाउँदै, ओलीले ‘पार्टीको सपना चिस्याइदिएको’ टिप्पणी गरे। रावलले एमाले र माओवादी विभाजनपछि आफू १०-बुँदे समझदारीमा पार्टीमा फर्किए पनि ओलीले ती सहमति कार्यान्वयन हुन नदिएको आरोप लगाए। रावलले ओलीले अघि सारेको मिसन ८४ लाई आफूले पहिले नै ‘पतनको चौरासी’ भनेको स्मरण गर्दै आफ्नो भविष्यवाणी मिलेको दाबी गरे।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ । असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको काँग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो धेरै दिनदेखि रोकिएको १५औँ महाधिवेशन आगामी पुसको अन्तिम साता आयोजना गर्ने भएको छ। यसका लागि आवश्यक प्रस्तावलाई केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्ने प्रारम्भिक सहमति भएको हो। आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सहभागी छलफलमा महाधिवेशन पुस २७–२९ मा गर्ने खाका मिलाइएको हो। एक नेताका अनुसार, पुस २७ गतेदेखि महाधिवेशन सुरु गर्नेगरी कार्यतालिका बनाउने छलफल भएको हो। अब कार्यबाहक सभापतिले यो प्रस्ताव केन्द्रीय समितिमा लैजाने छन्।
काठमाडाैँ । चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आइतवार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।
काठमाडौं । नेकपा एमालेको आसन्न ११औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा मन्त्री, सांसद, मेयर जिल्ला अध्यक्ष लगायत चर्चित अनुहारहरु पनि पराजित हुन पुगेका छन् ।
पोखरा, चिप्लेढुंगा । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् । पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताएका हुन् ।
काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीभित्र जारी गुटगत विवाद, पदलोलुपता, झोले संस्कृतिको बढ्दो प्रभाव र नेतृत्वबाट पाएको असहयोगप्रति असन्तुष्टि जनाउँदै उनले आइतबार सामाजिक सञ्जालमार्फत पार्टीबाट अलगिएको घोषणा गरे। चन्दले फेसबुकमा पोस्ट गर्दै आजदेखि जिल्ला पार्टीको जिम्मेवारी लिलाधर भट्ट, गाउँपालिकाको जिम्मा उपाध्यक्ष बिना भट्ट र वडाध्यक्ष रामसिंह पुजारीलाई हस्तान्तरण गरेको जानकारी गराएका छन्। चन्दले आफू २०४७ सालमा स्वर्गीय उत्तमबहादुर चन्दको प्रेरणाबाट कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेको उल्लेख गरेका छन्।
काठमाडौं । नेकपा एमालेले आगामी ११औं महाधिवेशनलाई लक्षित गर्दै आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा लोगो सार्वजनिक कार्यक्रममाअध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताहरूको उपस्थिति थियो। पछिल्ला दिनमा ओलीको बहिर्गमनसहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा अभिव्यक्ति दिइरहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सोही कार्यक्रममा सहभागी थिए। सार्वजनिक भएको एक भिडिओमा कार्यक्रम सुरू हुन लाग्दै गर्दा ओली च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा पुगे। उनलाई हेरेपछि थापाले पनि माथिल्लोतिर उक्लँदै कार्यक्रममा सहभागी हुन खोजे। ओलीले समेत ‘कार्यक्रमतिर जाऔँ’ भन्ने संकेत गर्दै उनलाई बोलाए। तर त्यस्तै क्रममा अनपेक्षित घटना भयो।
काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले एकअर्कासँग टुटेर नभइ जुटेर काम गर्नुपर्ने बताएकी छन् । आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन् ।