काठमाडौं । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो ।
काठमाडाैँ । चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै स्वास्थ्य आपत्कालीन परिस्थितिका लागि द्रुत कार्यदल गठन गरेको छ। अस्पतालका अनुसार सम्भावित स्वास्थ्य जोखिमहरूलाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकसहितको टोली तयार पारिएको छ। यस अन्तर्गत आकस्मिक विभागका प्रमुख डा.
रामेछाप । मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार दुर्घटनामा परेपछि रामेछापको तीनवटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
विराटनगर । नेपाली सेनाको बम डिस्पोजल टोलीले चन्द्रनिगाहपुर, मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-५ स्थित राजपेडा क्षेत्रमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । सडकको छेउमा बेवारिसे अवस्थामा वस्तु देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पेजमा बाह्य व्यक्तिहरूले पटक–पटक ह्याक गर्ने प्रयास गरेपछि मेटाले सुरक्षा कारण देखाउँदै एकाउन्ट तथा पेज ‘लक’ गरिदिएको छ । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार अनधिकृत पहुँचको बारम्बार प्रयास भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेज अस्थायी रूपमा लक गरिएको जानकारी प्राप्त भएको हो ।
मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ चराङ क्षेत्रमा नगद पाँच लाख रुपैयाँसहित एक जना नेपाली कांग्रेससँग आबद्ध कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार निर्वाचन आचारसंहिताविपरीत रकम वितरण गर्न लैजाँदै गरेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उक्त नगद बरामद गरिएको हो।
काठमाडौं। नेपालको लोकतन्त्रको इतिहास मतदान र निर्वाचनसँगै जोडिएको छ। देशमा पहिलो निर्वाचन वि.सं. २००४ साल जेठ ३ मा काठमाडौँ म्युनिसिपालिटीमा सम्पन्न भयो। प्रारम्भमा मतदान सीमित थियो, पुरुष मतदाताले मात्र मतदान गरे र महिलाले मताधिकार पाएका थिएनन्। सन् पछि वि.सं.
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेत्रृ एवं चितवन क्षेन नं ३ की उम्मेदवार सोविता गौतम आदिवासी जनजाति समुदायप्रति अपमानजनक अभिव्यक्ति दिएको भन्दै सम्बन्धित संस्था र व्यक्तिहरूले आपत्ति जनाएका छन्। सोविताले चुनावी सम्बोधनका क्रममा ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भनी अभिव्यक्ति दिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिले आपत्ति जनाएको छ ।
काठमाडाैँ । बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ ।
काठमाडौं। यही बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन् । मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आँकलन गरेको छ ।
काठमाडौँ । फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
काठमाडाैँ । यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ ।
कास्की। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका सामग्री पठाइसकेको जनाएको छ। मतदान केन्द्रका अधिकृत र सहायक अधिकृतले निर्वाचन कार्यालयबाट सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन्।
काठमाडौं । मध्यपूर्व तथा खाडी क्षेत्रका देशहरूमा पछिल्लो समय बढ्दो सैन्य तनाव र आक्रमणका घटनाप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको सङ्केत गर्दछ ।
काठामाडौं। दलित अधिकारकर्मी तथा लेखक सुशील बिकले दलित समुदायको न्यून राजनीतिक प्रतिनिधित्व र स्वतन्त्र मतदानको अधिकार सुनिश्चित गर्न ‘दलितमैत्री निर्वाचन राष्ट्रिय अभियान’ सुरु गरिएको बताएका छन् ।नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले विगतका निर्वाचन अभ्यासको विश्लेषण गर्दै दलित समुदाय अझैपनि नीति निर्माण तहमा प्रभावकारी रूपमा पुग्न नसकेको उल्लेख गरे ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रामेछाप नगरपालिका–२ स्थित सिरुवारिमा गाडी दुर्घटना भएको प्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्ति जारी गरी सभापति थापाल दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।प्रहरी परिसर काठमाडौंका अनुसार सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । सुकेधारामा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच बनाउने प्रयास भएको छ। पार्टी सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै आज बिहानैदेखि बाह्य व्यक्तिहरूले पेज ‘ह्याक’ गर्ने प्रयास गरेको जनाएको हो। सचिवालयका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त फेसबुक पेज हाल ‘मेटा’द्वारा लक गरिएको छ।