Taksar News
वीर अस्पतालद्वारा निर्वाचनका लागि २६ सदस्यीय द्रुत कार्यदल गठन
टक्सार न्युज
|
4 hours ago
काठमाडाैँ । चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै स्वास्थ्य आपत्कालीन परिस्थितिका लागि द्रुत कार्यदल गठन गरेको छ।
अस्पतालका अनुसार सम्भावित स्वास्थ्य जोखिमहरूलाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकसहितको टोली तयार पारिएको छ। यस अन्तर्गत आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपाल संयोजक भएर २६ सदस्यीय द्रुत कार्यदल गठन गरिएको छ।
यो टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुखसहित आवश्यक औषधि र उपकरण समावेश गरिएको छ।
अस्पतालले निर्वाचनको दिनमा आकस्मिक स्वास्थ्य सेवा सहज र प्रभावकारी ढंगले सञ्चालन गर्न यो टोलीलाई परिचालन गर्ने योजना बनाएको छ।