npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

रामेछापका तीन मतदान केन्द्रमा पुन: कर्मचारी र निर्वाचन सामग्री पठाइयो

इन्द्र कमल रोक्का 2 hours ago

रामेछाप । मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार दुर्घटनामा परेपछि रामेछापको तीनवटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।

रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीको शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नम्बर ३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामाग्री बोकेको गाडी सोमबार अपराह्न देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघु टारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको थियो । दुर्घटनामा अन्य सात जना कर्मचारीहरूलाई घाइते भएका छन् । काठमाडौं पठाइएका उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

मतदान अधिकृतको मृत्यु र कर्मचारीहरू घाइते भएपछि सो ठाउँमा अन्य कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

ती मतदान केन्द्रमा पठाएका मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामाग्री पनि क्षति भएका कारण त्यसको सट्टामा अन्य मतदान सामाग्री पठाइएको छ ।

यसैबिच दुर्घटनामा ज्यान गुमाएका घिमिरेको मंगलबार मन्थलीको तामाकोसी अन्त्येष्टि गरिएको छ । उनी रुद्राक्षेश्वर मावि मन्थली ७ मुगिटारका निमावि द्वितीय शिक्षक हुन् । मृतक प्रहरीका असई यादवको शव भने उनको गृह जिल्ला सप्तरी नै लगिएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category