रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
काठमाडौं । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार साह निर्माण सेवा प्रालिका शेयरधारक रहेका किशोरी २०८० वैशाखदेखि कालोसूचीमा देखिएका थिए । विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख छ।
कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक रिपोर्ट र कालोसूचीको नामसूची अनुसार कमला निर्माण सेवा प्रालिका सेयर होल्डर उनको नाम ४ ठाउँमा रहेको छ। सो सूचीमा उनकी श्रीमती अँजिला साहको पनि संयुक्त नाम कालोसूचीमा देखिएको छ।