npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo

हाम्रो खेलकुद

HamroKhelkud.com - Complete website for Nepali Sports News | Nepali Cricket, Football and More

सिड्नीमा अर्को साता गोर्खा कप भलिबल

Prakash Timalsina | 35 minutes ago
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता तेस्रो अजी फाइनान्स गोर्खा कप पुरुष भलिबल प्रतियोगिता २०२६ आयोजना हुने भएको छ । आयोजक दि गोर्खा स्पोट्र्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २५ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ ।

सरोजको गोलमा साफ फुटसलमा नेपालको जित

Prakash Timalsina | 2 hours ago
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोलीले थाइल्याण्ड जारी साफ फुटसल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकालाई २-० ले हराएको हो । नेपालका लागि दुबै खेल सरोज तामाङले गरे। खेलमा पछि परेको अवस्था उल्टाउँदै नेपालले खेल जितेको हो। मोहम्मद साजनले १० औं मिनेटमा गोल गर्दै श्रीलंकालाई अग्रता दिलाए।

केसीले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

Prakash Timalsina | 2 hours ago
काठमाडौं (हाम्रो खेलकुद)- उच्च अदालत पाटनको‌ आदेश विपरीत अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन प्रक्रिया नरोकेपछि अर्को पक्षले पनि उम्मेदवारी दिने पक्का भएको छ। वर्तमान एन्फा उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले अध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ। उनले भोलि आफूले अध्यक्षमा उम्मेदवारी दिने हाम्रो खेलकुदलाई जानकारी दिए।

हरलिनको अर्धशतकमा युपी वारियर्जको पहिलो जित

Prakash Timalsina | 11 hours ago
एजेन्सी – भारतमा जारी महिला प्रिमियर लिग (डब्ल्युपिएल) २०२६ मा युपी वारियर्जले सिजनको पहिलो जित निकालेको छ। डिवाई पाटिल मैदानमा बिहीवार भएको खेलमा युपी वारियर्जले साविक विजेता मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रन बनायो।

बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा

Prakash Timalsina | 12 hours ago
एजेन्सी – साविक विजेता बार्सिलोनाले रेसिङ सान्टान्डरलाई २-० ले हराउँदै कोपा डेल रे को क्वार्टरफाइनलमा पुगेको छ । ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो डिभिजनको टोली सान्टान्डरविरुद्ध अपेक्षाकृत कठिन खेल खेलेको थियो। ६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए। वैकल्पिक खेलाडी फेर्मिन लोपेजको पासमा टोरेसले गोल गरेका हुन्।

Explore news by Category