Susmita Bajagain
|
6 minutes ago
काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरू खेतबारी बारी गोरुलेझैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन्।
Kiran Poudel
|
15 minutes ago
काठमाडौँ- काठमाडौँका दुई स्थानमा गाडीमा आगजनी गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो। सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको थापाले जानकारी दिए। उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो।
Kiran Poudel
|
30 minutes ago
हुम्ला- यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको छ। निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको छ। सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका ५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ।
Kiran Poudel
|
52 minutes ago
रूपन्देही- रूपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र ०१-००१ ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- रौतहटको चन्द्रनिगाहपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। शनिबार रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपेडामा मंगलबार बिहान सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु देखिएपछि सेनालाई खबर गरिएको थियो। बिहान घटनास्थल पुगेको सेनाले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो।
Madhav P. Nepal
|
1 hour ago
काठमाडौँ – पश्चिम एसियामा फैलिँदै गएको द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा अवरोधको जोखिम बढेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्य तीव्र रूपमा उकालो लागेको छ। यसको प्रभावस्वरूप विश्व सेयर बजारमा गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमध्ये एकमा ड्रोन आक्रमण भएपछि बन्द गर्नुपरेको छ।
Kiran Poudel
|
1 hour ago
पाँचथर- जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ। प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल-भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- सुर्खेतमा खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ। गएराति ८ बजे वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा बन्दै गरेको घरमा खनिएको खाल्डोमा परेर २ बालबालिकाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
Kiran Poudel
|
1 hour ago
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे।
Kiran Poudel
|
1 hour ago
गण्डकी- पोखराको महत्वपूर्ण गन्तव्य फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न डुंगा सयर गर्दै भक्तजन। धार्मिक एवं पर्यटकीय स्थल यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आर्षण बढेको छ ।
Kiran Poudel
|
2 hours ago
गुल्मी- गुल्मीको पर्यटकीय स्थल गर्जुरा क्षेत्रबाट मंगलबार बिहान देखिएको सूर्योदय।
Kiran Poudel
|
2 hours ago
Kiran Poudel
|
2 hours ago
वीरगन्ज- जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिए।
Kiran Poudel
|
2 hours ago
गण्डकी- पोखरा महानगरपालिका १७ घारीपाटनस्थित नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३३औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ। अस्पातलको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिइन्।
Kiran Poudel
|
2 hours ago
भैरहवा- रूपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रूपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। साँझ ६ः ४ बजे चन्द्रमा उदाउँदा ग्रहणसहित उदाउने खगोलविद्हरुले बताएका छन्। यो चन्द्रग्रहण नेपालका विभिन्न भागबाट देखिने वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्यले जानकारी दिए। यो ग्रहण विशेष किसिमको रहने उनको भनाई छ। मंगलबार साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा उदाउँने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको हो।
Kiran Poudel
|
3 hours ago
बागलुङ- यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको (एचपीभी) खोप लगाएका छन् । अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।
Kiran Poudel
|
3 hours ago
ढोरपाटन- बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन्। निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, कैदीबन्दीसहित उक्त संख्यामा अस्थायी मतदाता रहेका हुन्। जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थ अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई निगमले आग्रह गरेको हो। निगमले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ। इन्धन नियमित आयात भइरहेको र चुनावभर नियमित हुने पनि निगमले प्रस्ट पारेको छ।
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- हेटौँडा उपमहानगरपालिका १० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।