npl.977 Nepal News Stream

Himal Press logo

Himal Press

Dot NewsyNepal Media and Research Pvt Ltd.

कास्कीका ३ वटै क्षेत्रमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

Keshav Rana Chhetri | 4 minutes ago
पोखरा- आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कास्कीमा प्रतिनिधि सभा सदस्यका लागि ३ क्षेत्र कायम छन्। कास्की क्षेत्र नम्बर ३ को लागि पोखरा–५, मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरियो।

सहिद परिवारसँग भएको सहमति कार्यान्वयन हुन्छ : प्रधानमन्त्री कार्की

Keshav Rana Chhetri | 27 minutes ago
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका सहिद परिवारसँग भएको सहमति पूर्णरूपमा कार्यान्वयन हुने स्पष्ट पारेकी छन्। शुक्रबार सिंहदरबारमा जेनजी आन्दोलनका सहिद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाले कुनै आशंका नगर्न आग्रह समेत गरिन्।

अमेरिकी दूतावासले क्रिएटर्स मेला गर्दै

Keshav Rana Chhetri | 40 minutes ago
काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले शनिबारदेखि ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ सुरु गर्ने भएको छ। यस वर्षको संस्करण डिजिटल सामग्रीको सिर्जना र उद्यमसँग सम्बन्धित छ। विभिन्न सहरमा गरिने यो कार्यक्रम चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा दुई दिवसीय फिनालेका रूपमा माघ १६ र १७ गते हुने दूतावासले जनाएको छ।

डायुन ईभी अब मात्र ३ लाख ९९ हजार ‘डाउन पेमेन्ट’मा

Dhairya Kanta Dutta | 1 hour ago
काठामाडौँ- नेपालका लागि डायुन ईभीको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली ग्राहकहरूका लागि आकर्षक र सीमित अवधिको योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अब ग्राहकले मात्र ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

भदौ २३-२४ को घटनापछि लोकतन्त्र मासियो : ओली

Keshav Rana Chhetri | 1 hour ago
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई लोकतन्त्रिक मूल्यमान्यतामा अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा राजधानी विशेष कमिटीको घोषणा गर्दै अध्यक्ष ओलीले भदौ २३ र २४ को घटनापछि मुलुकमा लोकतन्त्र मासिएको भन्दै यसलाई पुनर्वहाली गर्दै देशलाई लोकतन्त्रिक मूल्यामान्यतामा अघि बढाउनुपर्ने बताएका हुन्।

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५० औँ हप्ता पूरा

Dhairya Kanta Dutta | 1 hour ago
काठमाडौँ– ग्लोबल आईएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गरेको छ। बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो।

परिवर्तित र सबैलाई जोड्ने कांग्रेस नै आजको कांग्रेस हो : डा. डिला संग्रौला

Ramesh Dawadi | 1 hour ago
डा. डिला संग्रौला पन्त नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेतृ हुन्। नेविसंघ र नेपाल महिला संघबाट राजनीतिक यात्रा सुरु गरेकी उनी कांग्रेसको आदर्श र सिद्धान्तमा दीर्घकालीन रूपमा सक्रिय रहँदै आएकी छन्। दाङमा जन्मिएकी डिला विद्यार्थी कालमै प्रजातान्त्रिक आन्दोलनप्रति आकर्षित भइन्।

टोखाबाट खैरो हेरोइनसहित एक जना पक्राउ

Keshav Rana Chhetri | 1 hour ago
काठमाडौँ- प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ बस्ने संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाई रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

निर्वाचन प्रहरी बन्न मधेशबाट ५३ हजारभन्दा बढीले दिए आवेदन

Keshav Rana Chhetri | 2 hours ago
जनकपुरधाम- मधेश प्रदेशमा निर्वाचन प्रहरी भर्नाका लागि ५३ हजारभन्दा बढी व्यक्तिले निवेदन दिएका छन्। मधेश प्रहरी कार्यालयले उपलब्ध गराएकाे विवरणअनुसार प्रदेशभरि नेपाल र सशस्त्र प्रहरी कुल ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन्।

बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

Dhairya Kanta Dutta | 2 hours ago
काठमाडौँ– सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो।

‘द ब्ल्यू लाइट’ को ट्रेलरमा प्रेम, धोका र बदलाको कथा

Susmita Bajagain | 2 hours ago
काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम मलमा कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा प्रेम, धोका र बदलाको कथा समेटिएको छ। फिल्म बलिराम चौहानले निर्देशन गरेका हुन्। फिल्म यही माघ १६ मा प्रदर्शन हुनेछ।

कांग्रेसको दुवै पक्ष निर्वाचन आयोगमा

Dhairya Kanta Dutta | 2 hours ago
काठमाडौँ- नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगमा धर्ना दिएको छ। आफू आधिकारिक रहेको भन्दै कांग्रेसको शेरबहादुर देउवा र गगन पक्षले आयोगमा धर्ना दिएको हो। आयोगका पदाधिकारीहरूसँग छलफल गर्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापासहितका नेताहरू आयोग पुगेकै बेला देउवानिकट कांग्रेस नेता तथा कार्यकर्ताहरू पनि त्यहाँ पुगेका थिए। सुरक्षाकर्मीले उनीहरूलाई गेटबाहिरै रोकेका थिए।

रविविरूद्धको मुद्दा संशोधन गर्ने निर्णय फिर्ता लिन नेपाल बारको माग

Dhairya Kanta Dutta | 3 hours ago
काठमाडौँ- नेपाल बार एशोसिएनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयको विराध गरेको छ। मुद्दा फिर्तासम्बन्धी निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरित रहेको भन्दै बारले विरोध जनाएको हो।

वनमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट

Keshav Rana Chhetri | 3 hours ago
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज (शुक्रबार) भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ।

पुरानो मानसिकताले देश चल्दैन, नयाँ र युवा आउनुपर्छ : प्रधानमन्त्री

Dhairya Kanta Dutta | 3 hours ago
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले पुरानो मानसिकताले अब देश नचल्ने भन्दै युवाहरू नेतृत्वमा आउनुपर्ने बताएकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आउँदो चुनावमा नयाँ र युवा आउनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्कीले पुरानो सोच र शैलीले अब देश चल्न नसक्ने बताइन्। ‘मुलुक चुनवामा होमिएको छ।

हिमाल चढ्नुअघि ‘चुनपहरा चट्टान’ आरोहण!

Keshav Rana Chhetri | 3 hours ago
डुम्रे (तनहुँ)- पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ। हिउँद याममा यहाँ उल्लेख्य मात्रामा चट्टान आरोहण गर्न आउने गरेका छन्। हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान आरोहण गर्ने गरेका छन्। त्यसैले पछिल्लो समय चुनपहरा चट्टान प्रशिक्षण केन्द्र बनेको छ।

निर्वाचन आयोगले विधानविपरित निर्णय गरे देशभर आन्दोलन हुन्छ : खड्का

Dhairya Kanta Dutta | 3 hours ago
काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई क्षति पुर्‍याउने गरी विशेष महाधिवेशन भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्। गगन थापा र विश्वप्रकाश शर्माले ‘अवैधानिक भेला’ गरेर त्यसलाई विशेष महाधिवेशन भनेको खड्काले बताए।

निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुने राम्रो होइन : प्रचण्ड

Dhairya Kanta Dutta | 4 hours ago
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन्। शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस बिभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन्।

कांग्रेस फुट्दा निर्वाचनलाई असर पर्दैन : प्रचण्ड

Keshav Rana Chhetri | 4 hours ago
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन्। शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन्।

Explore news by Category