सुर्खेतमा डुबेर २ बालबालिकाको मृत्यु
Kiran Poudel
|
3 hours ago
काठमाडौँ- सुर्खेतमा खाल्डोमा डुबेर २ बालबालिकाको मृत्यु भएको छ। गएराति ८ बजे वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा बन्दै गरेको घरमा खनिएको खाल्डोमा परेर २ बालबालिकाको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कालिकोट तिलागुफा स्थायी घर भइ सोही ठाउँ बस्ने ७ वर्षका खेमराज कटुवाल ५ वर्षीया बालिका दिपिका कटुवालको मृत्यु जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।