npl.977 Nepal News Stream

#खेलकुद

Contents
Kendrabindu logo Kendrabindu

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

इन्द्र कमल रोक्का 10 hours ago

धरान (सुनसरी) । प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

आज पत्रकार सम्मेलनमार्फत गतवर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद रु १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५–२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले जनाकारी दिए। साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने राईले बताए।

यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौँ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

नेपाल न्युज logo नेपाल न्युज

अस्ट्रेलियाका पूर्वखेलाडी हार्भे नेपालको बलिङ प्रशिक्षक नियुक्त

नेपालन्युज 11 hours ago

काठमाडौँ। अस्ट्रेलियाका पूर्वअलराउन्डर इयान हार्भे नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी टी–२० विश्वकपलाई लक्षित गर्दै उनलाई बलिङ प्रशिक्षकका रूपमा टोलीमा समेटेको हो।

टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा हुँदै छ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका आठ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ। नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा समान दुई-दुईपटकका च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बाङ्लादेश छन्।

५३ वर्षीय हार्भेसँग टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छैन। यद्यपि, उनले टी-२० फ्रेन्चाइज लिग भने खेलिसकेका छन्। उनले ७३ एकदिवसीयमा ७१५, फस्ट क्लासका १६५ खेलमा आठ हजार ४०९, लिस्ट ‘ए’का ३०५ खेलमा पाँच हजार ९७७ र क्लबका ५४ खेलमा एक हजार ४७० रन बनाएका छन्।

Explore by Source or Category