npl.977 Nepal News Stream

#भर्खरै

नेपाल न्युज logo नेपाल न्युज

सात हजार यात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

नेपालन्युज | 2 hours ago
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको छ।
नेपाल न्युज logo नेपाल न्युज

हामी विविध छौँ तर एउटै छौँ : प्रधानमन्त्री कार्की

नेपालन्युज | 3 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले बिहीबार आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन्। थारू कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजना गरेको सभामा कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरिन्।
नेपाल न्युज logo नेपाल न्युज

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

नेपालन्युज | 4 hours ago
काठमाडौँ। नेपाल प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका १७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको हो। मोरङ उर्लाबारीका सनम शाक्यलाई १८ फागुन २०७४ मा कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो।
नेपाल न्युज logo नेपाल न्युज

खाद्य स्वच्छताका लागि दुई हजार व्यवसायीलाई तालिम

शम्भु रेग्मी | 4 hours ago
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दुई हजार ६९ व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइसम्बन्धी तालिम दिएको छ। ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना‚ खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी‚ वुट क्याम्प) कार्यक्रमअन्तर्गत अहिलेसम्म आठौँ शृंखला सकिएको छ।
नेपाल न्युज logo नेपाल न्युज

पाटेबाघको आक्रमणबाट सातामा तीन जनाको मृत्यु

नेपालन्युज | 5 hours ago
सुर्खेत। पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानमा तीनजनाको मत्यु भएको छ। गत २३ पुसमा सुर्खेतको भेरीगङ्गा नगरपालिका ५‚ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। गत २६ पुसमा सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका ७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो।
नेपाल न्युज logo नेपाल न्युज

‘समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’

नेपालन्युज | 5 hours ago
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की मगर समुदायले मनाउने माघे सकरातीका पर्वका अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सरिक भएकी छन्। उनी नेपाल मगर संघसहित विभिन्न संघ-संस्थाको पहलमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बनेकी हुन्। त्यसअवसरमा प्रधानमन्त्री कार्कीले वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो औँल्याइन्।
नेपाल न्युज logo नेपाल न्युज

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पारित दस्ताबेज आयोगमा बुझाइयो

नेपालन्युज | 6 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ। सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू आज (बिहीबार) आयोगको केन्द्रीय कार्यालय पुगेर राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण पेस गरेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

जेनिफरको दुई गोलसँगै नेपालको ऐतिहासिक जित

नेपालन्युज | 7 hours ago
काठमाडौँ। जेनिफर रानाको दुई गोलसँगै नेपालले महिला फुटसलमा ऐतिहासिक जित हात पारेको छ। थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा बिहीबार भएको साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ५-० ले हराएको हो। नेपालले महिला फुटसलमा हात पारेको यो नै पहिलो जित हो। जितसँगै नेपालले २ खेलबाट ४ अंक पुर्याएको छ।
नेपाल न्युज logo नेपाल न्युज

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

नेपालन्युज | 7 hours ago
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरूले नेपालमा नेपालीकै सरकार बनाउने र अरूको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन्। ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा उनले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरूकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट गरे।
नेपाल न्युज logo नेपाल न्युज

माघीको उल्लास

विक्रम राई | 8 hours ago
काठमाडौँ। माघेसंक्रान्तिका अवसरमा थारू समुदायले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर मौलिक सांस्कृतिक झल्कने प्रस्तुति, वेशभूषा तथा परम्परागत खानपानको प्रदर्शनी गरिएको छ। टुँडिखेलमा थारूसँगै मगर समुदायहरूले समेत आफ्नो मौलिक झल्किने पोसाकमा उपस्थिति भएर माघी मनाएका छन्। थारू समुदायको मौलिक संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरू परम्परागत भेषभूषामा झाँकीसहित टुँडिखेल पुगेर रमाइलो गरेका छन्।
नेपाल न्युज logo नेपाल न्युज

जेनजी मुभमेन्टले भन्यो- गम्भीर अपराधमा मुछिएका रविलाई उन्मुक्ति दिनु अस्वीकार्य

नेपालन्युज | 8 hours ago
काठमाडौँ। सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास आपत्तिजनक र अस्वीकार्य भएको जेन-जी मुभमेन्ट नेपालले बताएको छ। महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरेको आरोप मुभमेन्टको आरोप छ। महान्यायाधिवक्ता सबिता भण्डारीले संगगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछानेलाई छुट दिने निर्णय गरेकी थिइन्।
नेपाल न्युज logo नेपाल न्युज

शेखरको आह्वान- सबै घर फर्कौं, कांग्रेसमा फर्कौं

नेपालन्युज | 9 hours ago
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आह्वान गरेका छन्। उनले बिहीबार एक वक्तव्यमार्फत एकढिक्का भएर चुनाव लाग्न आग्रह गरे। “पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म आह्वान गर्छु‚ हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जितहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ‚” उनले भनेका छन्।
नेपाल न्युज logo नेपाल न्युज

‘शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौँ’

नेपालन्युज | 9 hours ago
बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन आगामी २१ फागुनको निर्वाचन सफल बनाउन आग्रह गरेका छन्। उनले त्रिभुवन मावि बलेवाले गरेको हीरक महोत्सवमा शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने भएकाले पनि निर्वाचन सफल पार्नुपर्ने बताए।
नेपाल न्युज logo नेपाल न्युज

निर्वाचन आयोगमा गगनको टोली [फोटो फिचर]

नेपालन्युज | 10 hours ago
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगमा नवनिर्वाचित केन्द्रीय सदस्यको अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको ललितपुरको कुपन्डोलमा बसेको पहिलो बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। यसपछि बैठकमै कागजात मिलाउने काम भएको थियो।
नेपाल न्युज logo नेपाल न्युज

हृदयराम थानीले गरे चुनाव नलड्ने घोषणा

नेपालन्युज | 10 hours ago
सुर्खेत। प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट सुर्खेत २ बाट उम्मेदवार सिफारिस भएका हृदयराम थानीले आफू चुनाव नलड्ने घोषणा गरेका छन्। उनले आफ्नो स्वास्थ्यको प्रतिकूलता देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

गगन थापाको नेतृत्वमा कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक आज

नेपालन्युज | 14 hours ago
काठमाडौं । गगन थापाले नेतृत्व गर्ने नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बिहीबार ललितपुरको कुपन्डोलमा बस्दैछ। दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित सदस्यहरू बिहान ११ बजे बैठकमा उपस्थित हुने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जानकारी दिएको छ। बैठकपछि नयाँ नेतृत्व र विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न कांग्रेसको टोली निर्वाचन आयोग पुग्ने तयारीमा छ।
नेपाल न्युज logo नेपाल न्युज

बालेनसँगको तस्बिर सार्वजनिक गर्दै स्वर्णिमको सन्देश – मधेशबाटै राष्ट्र निर्माणको अभियान सुरु हुन्छ

नेपालन्युज | 14 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. स्वर्णिम वाग्लेले देशलाई एकताबद्ध गर्दै समृद्धितर्फ लैजाने महाअभियान मधेशबाट सुरु गरिने घोषणा गरेका छन्। बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै वाग्लेले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
नेपाल न्युज logo नेपाल न्युज

अन्धकार अन्त्य भई समृद्धिको यात्रातर्फ देश अघि बढ्छ : प्रचण्ड

नेपालन्युज | 14 hours ago
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा मकर सङ्क्रान्तिले नेपाली समाजमा एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने बताएका छन्। माघी तथा मकर सङ्क्रान्तिको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हुनु नै राष्ट्रिय पहिचान र शक्ति भएको उल्लेख गरे।
नेपाल न्युज logo नेपाल न्युज

मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी

नेपालन्युज | 14 hours ago
गोरखा । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो। चुमनुब्री गाउँपालिका–३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका फिल्ड अफिसर भुवन ओझाले जानकारी दिए।
नेपाल न्युज logo नेपाल न्युज

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नेपालन्युज | 15 hours ago
थाइल्यान्ड । थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीले बताएका छन्। राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताले क्षतिग्रस्त रेलका डिब्बामा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।

Explore by Source or Category