npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इरानमाथिको आक्रमणमा बेलायतले सैन्य आधार शिविर प्रयोगमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित

नेपालन्युज 11 hours ago

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमणका लागि ‘डिएगो गार्सिया’ सैन्य आधार शिविर प्रयोग गर्न अनुमति दिन ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले आक्रमणमा भएको विलम्बप्रति बेलायती प्रधानमन्त्री किअर स्टार्मरको कडा आलोचना गरेका छन्। सुरुमा अनुमति दिन अस्वीकार गरेका स्टार्मरले पछि आफ्नो निर्णय बदलेकामा ट्रम्पले असन्तुष्टि व्यक्त गरेका हुन्।

बेलायती प्रधानमन्त्री स्टार्मरले आइतबार ढिलो गरी अमेरिकी सेनालाई इरानविरुद्ध बेलायती सैन्य आधारहरू प्रयोग गर्न अनुमति दिने घोषणा गरेका थिए। यद्यपि उक्त अनुमति इरानी क्षेप्यास्त्र केन्द्रहरूलाई लक्षित गर्ने सीमित भूमिकाका लागि मात्रै भएको बताइएको छ।

चागोस टापुमा अवस्थित डिएगो गार्सिया आधार शिविरको प्रयोगका विषयमा देखिएको विवादलाई लिएर ट्रम्पले ‘डेली टेलिग्राफ’ पत्रिकासँगको अन्तर्वार्तामा आफ्नो धारणा राखेका हुन्।

“हाम्रा दुई देशबीचको इतिहासमा सम्भवतः यस्तो ढिलाइ पहिले कहिल्यै भएको थिएन,” ट्रम्पले भने, “यस्तो लाग्छ कि उनी (स्टार्मर) यसको कानुनी पक्षलाई लिएर चिन्तित थिए।” इरानविरुद्धको सैन्य कारबाही तीव्र भइरहेका बेला दुई प्रमुख सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतबीच देखिएको यो असमझदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो पनि…

मध्यपूर्वमा जारी युद्धमा ६०० भन्दा बढीको मृत्यु, इरानमा मात्र ५५५ हताहती

Read more news from नेपाल न्युज

Explore by Source or Category