npl.977 Nepal News Stream

#विश्व

News of Nepal logo News of Nepal

इरानी सरकारी मिडियाको दाबी– बहराइनस्थित अमेरिकी हवाई अड्डा ध्वस्त

न्युज अफ नेपाल | 49 minutes ago
काठमाडौँ। इरानी सरकारी मिडियाले बहराइन मा रहेको अमेरिकी हवाई अड्डामाथि गरिएको आक्रमणमा ठूलो क्षति पुगेको दाबी गरेको छ। इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा टाढास्थित लक्ष्यहरूमाथि रकेट तथा ड्रोन आक्रमण गरिएको दृश्य देखाइएको छ।
Kendrabindu logo Kendrabindu

इरान विरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त

इन्द्र कमल रोक्का | 2 hours ago
एजेन्सी । इरान विरुद्ध अमेरिका–इजरायल संयुक्त आक्रमणको तेस्रो दिन जेरुसेलम शहरका सडकहरू शान्त देखिएका छन् । सामान्यतया व्यस्त रहने सडकहरूमा थोरै मात्रामा पैदल यात्रीहरू देखिन्छन् । चाइना मिडिया ग्रुप (सीएमजी)का संवाददाताले जमिनमा खिचेको फुटेजमा धेरैजसो पसलहरू बन्द रहेको देखाइएको छ । जुन जेरुसेलमको एक महत्त्वपूर्ण व्यावसायिक मार्ग जाफा स्ट्रिटमा सामान्य दिनहरू भन्दा एकदमै फरक छ।
NepalWatch logo NepalWatch

इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु

Nepal Watch | 3 hours ago
वासिङ्टन डीसी । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सोमबार इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक) को मृत्यु भएको जनाएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो। घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ।
News of Nepal logo News of Nepal

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

न्युज अफ नेपाल | 4 hours ago
काठमाडौँ। साउदी अरेबियाको रक्षा मन्त्रालयले रियाद स्थित अमेरिकी दूतावास मा दुईवटा ड्रोनमार्फत आक्रमण भएको पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म X मा जारी गरेको विज्ञप्तिअनुसार आक्रमणबाट दूतावास भवनमा सामान्य क्षति पुगेको छ भने सानो आगलागीसमेत भएको थियो। आगो तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ।
Kendrabindu logo Kendrabindu

होर्मुज सङ्कटले विश्व बजारमा हलचल

इन्द्र कमल रोक्का | 17 hours ago
हङकङ । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे ।
Kendrabindu logo Kendrabindu

इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाउने साउदीकाे चेतावनी

इन्द्र कमल रोक्का | 17 hours ago
रियाद, साउदी अरब । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ ।
NepalWatch logo NepalWatch

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

Nepal Watch | 18 hours ago
बेरुत, फागुन १८ गते । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
Kendrabindu logo Kendrabindu

साउदीको रास तनुरा तेल केन्द्रमा आक्रमण

इन्द्र कमल रोक्का | 21 hours ago
रियाद । साउदी अरेबियाको पूर्वी क्षेत्रमा रहेको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण भएको आशंका गरिएको छ। घटनापछि केन्द्रबाट ठूलो आगो बलिरहेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। कतारस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले पूर्वी साउदीको रणनीतिक महत्व बोकेको उक्त केन्द्रमा आक्रमण भएको देखिएको जनाएको छ।
Kendrabindu logo Kendrabindu

अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो- यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो

इन्द्र कमल रोक्का | 22 hours ago
एजेन्सी । इरानले आइतबार राति दक्षिणी इरानको एक प्राथमिक विद्यालयमा भएको अमेरिकी–इजरायली हवाई आक्रमणमा १६५ जनाको मृत्यु भएको जनाएको छ । शजरेह तैयबेह स्कूल मिनाबमा अवस्थित छ, जहाँ इस्लामिक रिभोलुसनरी गार्डको सैन्य अड्डा रहेको छ। वासिङ्टन र तेल अभिभले संयुक्त रूपमा गरेको ठूलो स्तरको आक्रमणको बीचमा शनिबार स्कूलमा आक्रमण गरिएको थियो।

Explore by Source or Category