npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

साउदीको रास तनुरा तेल केन्द्रमा आक्रमण

इन्द्र कमल रोक्का 16 hours ago

रियाद । साउदी अरेबियाको पूर्वी क्षेत्रमा रहेको रास तनुरा तेल प्रशोधन केन्द्रमा आक्रमण भएको आशंका गरिएको छ। घटनापछि केन्द्रबाट ठूलो आगो बलिरहेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

कतारस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले पूर्वी साउदीको रणनीतिक महत्व बोकेको उक्त केन्द्रमा आक्रमण भएको देखिएको जनाएको छ। यद्यपि आक्रमण कसले गरेको हो भन्नेबारे कुनै औपचारिक पुष्टि भएको छैन। इरान, यमनका हुथी विद्रोही वा मिसाइल प्रहार-कुन कारणले विस्फोट भयो भन्ने विषय अझै स्पष्ट छैन।

रास तनुरा विश्व ऊर्जा आपूर्तिसँग प्रत्यक्ष जोडिएको प्रमुख संरचना मानिन्छ। यसअघि सन् २०२० मा यमनका हुथी विद्रोहीले साउदीका तेल संरचनामा ड्रोन र मिसाइल आक्रमण गर्दा विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आएको थियो।

यसपटकको घटनाले पनि मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारमा सम्भावित प्रभावबारे चासो बढाएको छ। साउदी अधिकारीहरूले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्न बाँकी छ।

Read more news from Kendrabindu

Explore by Source or Category