News of Nepal
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
काठमाडौँ।
साउदी अरेबियाको रक्षा मन्त्रालयले रियाद स्थित अमेरिकी दूतावास मा दुईवटा ड्रोनमार्फत आक्रमण भएको पुष्टि गरेको छ।
दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म X मा जारी गरेको विज्ञप्तिअनुसार आक्रमणबाट दूतावास भवनमा सामान्य क्षति पुगेको छ भने सानो आगलागीसमेत भएको थियो। आगो तत्काल नियन्त्रणमा लिइएको जनाइएको छ।
साउदी अरेबियास्थित अमेरिकी मिसनले जेद्दा, रियाद र धहरान का बासिन्दाहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ।
, सोमबार बिहान कुवेत सिटी स्थित अमेरिकी दूतावास परिसर नजिकै धुवाँ देखिएको जानकारी पनि सार्वजनिक भएको थियो । दूतावासले सर्वसाधारणलाई तत्काल दूतावास क्षेत्रमा नआउन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
क्षेत्रीय तनाव बढिरहेका बेला यो घटना भएको हो। गत शनिबार इजरायल र संयुक्त राज्य अमेरिका ले इरान माथि आक्रमण गरेपछि इरान र इजरायलबीच पारस्परिक आक्रमण जारी रहेको छ। यस क्रममा इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाइरहेको बताइएको छ।