टुरिजमफेस कपिलवस्तु । ऐतिहासिक वैभव, पुरातात्त्विक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण कपिलवस्तु आज पनि अपेक्षित पर्यटकको पर्खाइमै छ। पर्याप्त सम्भावना र संरचना हुँदाहुँदै यो जिल्ला पर्यटनबाट प्रतिफल लिन असफलजस्तै देखिन्छ।
टुरिजमफेस पर्सा । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ ।
द्वन्द्वले खाडी क्षेत्र अस्तव्यस्त हुन थालेका बेला दुबईमा ठगको गिरोह सक्रिय भएको छ। दुबई प्रहरीले क्षेत्रीय द्वन्द्वको अवस्थालाई दुरुपयोग गर्दै आफूलाई ‘संकट व्यवस्थापन’ अधिकारी बताउने ठगी गिरोह सक्रिय भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ। गत शनिबार अमेरिका र इजरायलले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो।