साउदीको अमेरिकी दूतावासमा आक्रमण, सुरक्षा गार्डमा अधिकांश नेपालीहरु
काठमाडौं । खाडीमा देखिएको संकट थप गहिरिँदो छ। इरानले साउदीमा रहेको अमेरिकी दूतावासमा नै आक्रमण गरेको छ।
रियादमा रहेको दूतावासमा आज बिहान ड्रोन आक्रमण भएको हो। ड्रोन आक्रमणबाट भएको क्षतिको विवरण आएको छैन।
दूतावासले सूचना जारी गर्दै आफ्ना कर्मचारी र नागरिकलाई सतर्क रहन भनेको छ। जो जो जहाँ छन् त्यहाँको सुरक्षित ठाउँमा गएर बस्न भनिएको छ।
अमेरिकी दूतावासको सुरक्षामा करिब ७० प्रतिशत कर्मचारी नेपाली छन्। प्रारम्भिक सूचना अनुसार उनीहरु सबै सुरक्षित रहेको बताइएको छ।
रियादमा रहेका अमेरिकी राजदूत दूतावासबाट निस्किएका छन्। उनी कुनै होटलमा पुगेको बताइन्छ।
त्यस्तै, अमेरिकाले खाडीमा रहेका आफ्ना नागरिकलाई तत्काल सो क्षेत्र छाड्न पनि भनेको छ। उनीहरुलाई घरमा नबस्न र सुरक्षित ठाउँमा गएर बस्न भनिएको छ।
इरान, बहराइन, इराक, इजिप्ट, इजरायल, कतार, ओमन, लेबनान, कुवेत, जोर्डन, साउदी, सिरिया, युएई, यमन लगायतका देशमा रहेका आफ्ना नागरिकलाई सो क्षेत्र छाड्न भनेर अमेरिकाले भनेको हो।
अमेरिकी अधिकारीहरुले उल्लेख गरिएका देशहरुबाट अमेरिकीहरुलाई तत्काल छाडनुपर्ने बताएका छन्।
त्यस्तै, इरानले दुबईमा अमेरिकी सेना रहेको स्थानमा पनि आक्रमण गरेको जनाएको छ। त्यस्तै, कुवेतमा रहेको अमेरिकी बेसमा पनि आक्रमण भएको छ।
The post साउदीको अमेरिकी दूतावासमा आक्रमण, सुरक्षा गार्डमा अधिकांश नेपालीहरु appeared first on BIZMANDU.