काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियालाई पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरुले सहज रुपमा स्वीकार गर्ने विश्वास लिएको बताएका छन्। निर्वाचन आयोगले विशेष महाधेशनलाई आधिकारिकता दिने निर्णय गरेसँगै जारी गरेको वक्तव्यमा देउवासहितका नेताहरुको साथ रहने पनि विश्वास व्यक्त गरेका छन्।
काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत चयन भएको गगनकुमार थापाको नेतृत्वको कार्यसमितिलाई मान्यता दिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आन्दोलनमा जाने भएको छ। दुबै पक्षको विवरणको अध्ययन गरेर शुक्रबार साँझ विशेष महाधिवेशनमार्फत चयन भएको नेतृत्वलाई अध्यावधिक गर्ने निर्णय गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापालाई सभापतिको मान्यता दिएपछि उनले आयोगको निर्णय नमान्ने बताएका हुन्। शेरबहादुर देउवा पक्षबाट आयोग पुगेका उनले आयोगले गगनको पक्षमा निर्णय गरे देशभर आन्दोलन गर्ने धम्की दिएका थिए।
काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको पक्षमा फैसला सुनाएको छ। आयोगले सो फैसला सुनाएपछि शेरबहादुर देउवा पक्षका नेताहरु अक्क न बक्क परेका छन्। आयोगमै धर्ना दिन बसेका देउवा पक्षका नेताहरु अहिले बाहिर निस्किएका छन्। कांग्रेस नेता पूर्ण बहादुर खड्काले आयोग बाहिर निस्किएर आफूहरुलाई यो निर्णय मान्य नहुने बताएका छन्।
काठमाडौं। नेपाली कांग्रेसको विधान महाधिवेशनबाट निर्वाचित कार्यसमितिले मान्यता पाएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। आयोगका पदाधिकारीको शुक्रबार अपराह्नदेखि साँझसम्म बसेको बैठकले गगन नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको स्रोतले बतायो। The post निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई दियो मान्यता appeared first on BIZMANDU.
काठमाडौं। नारायणघाट-हेटौंडा-पथलैया सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अड्किएको छ। यो सडकका दुई स्थानमा भायडक्ट (लामो पुल) बनाउन करिब १४ अर्ब रुपैयाँ कसले हाल्ने भन्ने विषयमा सडक विभाग र एसियाली विकास बैंक(एडीबी)बीच सहमति हुन नसक्दा डीपीआर स्वीकृत हुन नसकेको हो।
काठमाडौं। जापान सरकारको ऋण सहयोगमा निर्माण भएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ सरकारी स्वामित्वका कम्पनीले पनि आवेदन दिएका छन्। जापानले चिनियाँ कम्पनीलाई कुनै हालतमा सुरुङ मार्ग सञ्चालनको जिम्मा नदिन लबिइङ गरिरहेका बेला उत्तरी छिमेकी देशका ६ कम्पनीले आवेदन दिएका हुन्।
काठमाडौं। बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण हुन थालेपछि सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले पहल थालेको छ। राष्ट्र बैंकले शुक्रबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर सुरक्षा चुनौती बढेको विषयमा छलफल गरेको छ। गभर्नर डा. विश्व पौडेलले नेपाल बैंकर्स संघका पदाधिकारीको उपस्थितिमा प्रहरी महानिरिक्षकसँग छलफल गरेका हुन्।
काठमाडौं। होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल व्यवसायीले भुक्तानी लिएर सञ्चालन गर्ने आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था कडाइका साथ लागू गर्नु पर्ने बताएका छन्।
काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक संरक्षण कोषको रकमबाट दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका परिवारलाई सहयोग गर्न पाउने भएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले सर्कूलर जारी गर्दै कोषको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकहरूको शिक्षा र क्षमता विकास एवम् ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमा मात्र खर्च गर्न भनेको हो।
काठमाडौं। पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेसका दुई पक्ष हुलसहित धाउन थालेपछि निर्वाचन आयोगमा सुरक्षा तैनाथी बढाइएको छ। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षले आधिकारिकता आफूले पाउनुपर्ने माग गर्दै नेता तथा कार्यकर्ताको उपस्थितिमा दबाब बढाएपछि आयोगमा सुरक्षा तैनाथी बढाइएको हो। आफ्नो पक्षले मान्यता पाउनुपर्ने माग गर्दै शुक्रबार दुवै पक्षमा आयोग पुगेका थिए।
काठमाडौं। भरतपुर महानगरपालिकाले ६ तले नयाँ प्रमुख प्रशासकीय भवन बनाएको छ। महानगरले ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ खर्च गरेर प्रशासकीय भवन बनाएको हो। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नवनिर्मित भवन उद्घाटन गरेका छन्। भवनमा इनेटेरियरको काम भने बाँकी नै छ।
काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा सवा ३९ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि पुससम्म ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबर वैदेशिक प्रतिवद्धता आएको हो। विभागले ६ महिनामा ४७५ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको छ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटाएको छ। अब यस्तो कर्ताको ब्याज भुक्तानी भएको ३ महिनापछि नै स्तरोन्नति गर्न पाइने भएको हो। यसअघि, निष्क्रिय कर्जामा भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राख्नु पर्ने व्यवस्था थियो। त्यसपछि मात्रै यस्तो कर्जालाई असलमा स्तरोन्नति गर्न सकिन्थ्यो।
काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिए देशव्यापीरुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसले नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको भोलिपल्ट देउवा नेतृत्वको कांग्रेसले पत्रकार सम्मेलन गरी आन्दोलनमा उत्रिने धम्की दिएको हो।
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सरकारले अरुण केसीलाई लगानी बोर्डको सदस्यमा नियुक्त गर्ने भएको छ। दीपक खड्का ऊर्जामन्त्री भएका बेला हर्ताकर्ता रहेका केसीलाई सर्वोच्च अदालतको एक न्यायाधिशको सिफारिशमा केसीलाई सदस्यमा नियुक्त गर्न लागिएको हो। उनी माउन्टेन इनर्जी संचालक हो। बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।
काठमाडौं। काठमाडौंको खुला मञ्चमा २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका स्टल राखिएका थिए। भूकम्पका बेला खोज तथा उद्धार कार्यमा प्रयोग हुने प्रविधि तथा उपकरणहरूको प्रदर्शन गरिएको थियो। घाइतेलाई सीपीआर लगायतका प्राथमिक उपचार गर्नेबारे पनि डेमोन्स्ट्रेसन प्रस्तुत गरियो।
काठमाडौं। सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखामा लुट्ने योजना ३ महिनाअघिदेखि नै बनेको प्रहरीको अनुसन्धानमा खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेका आरोपीको बयानको आधारमा गत असोजबाट नै बैंक लुट्ने योजना बनेको खुलेको हो। त्यस्तै, बैंक लुट्नुभन्दा ५ दिनअघि लुट्ने प्रयास भए पनि असफल भएको देखिएको छ।
काठमाडौं। नेपाल टेलिकमका सञ्चालकहरुले एक वर्षमा साढे २२ लाख रुपैयाँ भत्ता बुझेका छन्। टेलिकमका सञ्चालकहरुले गत आर्थिक वर्ष ४२ वटा बैठकमा सहभागी भएबापत २२ लाख ४३ हजार हजार रुपैयाँ भत्ता बुझेका हुन्। भत्ता धेरै बुझ्नेमा मनिषजंग जोही छन्।
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल गरेको छ। छलफलमा विभिन्न दलका नेताहरूले आचारसंहिताको व्यवहारिक पक्षमाथि प्रश्न उठाएका छन्। नेकपा (एमाले)का सचिव राजन भट्टराईले बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था जायज भएको बताए। तर, त्यसैलाई लिएर अनावश्यक विवाद हुने भन्दै उनले यो व्यवस्था व्यवहारिक नहुने भनाइ राखे।