npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नयाँ बानेश्वरको सिभिल अस्पताल अगाडि टिप्परले ठक्कर दिंदा घाइते स्कुटर चालकको मृत्यु

Sabin 7 hours ago

काठमाडौं। नयाँ बानेश्वरमा फोहोर बोकेको टिप्परको ठक्करले गम्भीर घाइते एकजना स्कुटर चालकको मृत्यु भएको छ।

मंगलबार बिहान पौने ९ बजे भएको दुर्घटनामा भक्तपुरको लोकन्थली बस्ने सुनसरीको इनरुवाका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गेटै अगाडि सडकमा भएको दुर्घटना लगत्तै घाइतेलाई सिभिल अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषित गरेका हुन्।

टिप्पर बिजुलीबजारबाट तीनकुनेतर्फ आइरहेको थियो। प्रहरीले चालक विकास थापा मगरलाई नियन्त्रणमा लिइएको जनाएको छ।

The post नयाँ बानेश्वरको सिभिल अस्पताल अगाडि टिप्परले ठक्कर दिंदा घाइते स्कुटर चालकको मृत्यु appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category