npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

यूएईले विदेशी पर्यटकको खर्च बेहोर्ने, होटललाई पत्र- बसाई अवधि थपिदिनू, बिल विभागले तिर्छ

Sairam Uparkoti 8 hours ago

काठमाडौं। यूएईले इरानी आक्रमणका कारण विमानस्थल बन्द भइ आफ्नो गन्तव्यमा फर्किन नपाएका विदेशी पर्यटकहरुको होटल खर्च बेहोर्ने भएको छ।

यूएईले होटलको चेक आउट सकिएका पर्यटकहरुको खर्च बेहोर्ने भएको हो। त्यहाँको संस्कृति तथा पर्यटन विभागले पर्यटकहरुको खर्च बेहोर्ने सम्बन्धमा होटलहरुलाई पत्र नै लेखेको छ। विभागले चेक आउट सकिएर निस्किन नपाएका पर्यटकको बसाई अवधि थप गरिदिन आग्रह गरेको छ।

‘कतिपय पाहुनाहरूको चेकआउट गर्ने समय भइसकेको छ। तर पाहुनाहरु आफ्नो नियन्त्रण बाहिरको परिस्थितिका कारण गर्दा यात्रा गर्न असमर्थ भएको अवस्था छ। त्यसैले पाहुनाहरु प्रस्थान गर्न सक्षम नभएसम्मका लागि बसाई अवधि थप गरिदिनु हुन अनुरोध छ,’ विभागले भनेको छ, ‘पाहुनाहरुको बसाई थप गरेको खर्च हामी बेहोर्छौं।’

विभागले बसाई अवधि थपेबापत हुने खर्चको बिल आफूकहाँ पठाउन पनि होटलहरुलाई पत्रमा आग्रह गरेको छ।

The post यूएईले विदेशी पर्यटकको खर्च बेहोर्ने, होटललाई पत्र- बसाई अवधि थपिदिनू, बिल विभागले तिर्छ appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category