npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

उकालो लाग्दै सुनको मूल्य, आज तोलामा २ हजार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ घट्यो

Sarala Subedi 8 hours ago

काठमाडौं । खाडी संकटसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि स्थानीय बजारमा चार दिनदेखि सुनको भाउ लगातार उकालो लागिरहेको मंगलबार सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला ३ लाख २८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले बढेर प्रति तोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रति तोला ५ हजार ८१५ रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला ६ हजार २० रुपैयाँ पुगेको थियो।

त्यस्तै, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस ५३६२.१ डलर पुगेको छ। चाँदीको भाउ घटेर प्रतिऔंस ८९.९४ डलर भएको छ।

The post उकालो लाग्दै सुनको मूल्य, आज तोलामा २ हजार ५०० रुपैयाँले बढ्यो, चाँदीको भाउ घट्यो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category