गण्डक न्यूज
|
4 hours ago
कास्कीका देवराज चालिसे नेपाली कांग्रेसका प्रवक्ता मनोनीत भएका छन्। बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो। उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए। चालिसे १४ औं महाधिवेशनमा सहमहामन्त्री पराजित भएका थिए। उनी २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं. ४ मा रवीन्द्र अधिकारीसँग पराजित भएका थिए ।
गण्डक न्यूज
|
4 hours ago
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्नेसहितको ४ बुँदे सहमति भएको छ। बिहीबार विप्लव र ढुङ्गानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
गण्डक न्यूज
|
5 hours ago
काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ । गगन थापाको नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस छ भने शेरबहादुर देउवाको नेतृत्वमा विशेषको पक्षमा नलाग्नेहरु छन् । कांग्रेसमा अहिले आधिकारिकताका विवाद चर्किँदो छ । दुवैले विधानलाई देखाए आफू नै आधिकारिक दाबी गरिरहेका छन् । यो कुरा निर्वाचन आयोग पुगिसकेको छ ।
गण्डक न्यूज
|
5 hours ago
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाठा र काठमाडौं महानगरका मेयर बालेन शाहलाई सोझाको संज्ञा दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित ४२ औं पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्।
राम बहादुर रोकाहा
|
14 hours ago
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप गरिएको छ । अपेक्षित संख्यामा आवेदन नपरेपछि गृहमन्त्रालयको निर्देशनअनुसार भर्ना प्रक्रिया माघ ३ गतेसम्म लम्ब्याइएको हो । यसअघि पुस २४ गते सूचना प्रकाशित गरी पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त लिने व्यवस्था गरिएको थियो ।
राम बहादुर रोकाहा
|
20 hours ago
स्याङ्जाको आँधीखोला गाउँपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ खेलकुद प्रतियोगिताको उपाधि त्रि–शहिद माध्यमिक विद्यालयले हात पारेको छ । त्रि–शहिदले नौ स्वर्ण, छ रजत र आठ कास्य पदक जित्दै समग्र प्रतियोगिताको विजेता बनेको हो । उपाधिसँगै विद्यालयले ६० हजार रुपैयाँ नगद, रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
राम बहादुर रोकाहा
|
22 hours ago
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका–२ का ३२ वर्षीय मुकर खान भनिने सजित अलि मिया र गोरखा नगरपालिका–४ स्थायी ठेगाना भई हाल भीरकोट–१ बस्दै आएका २४ वर्षीय पेप्पे भनिने प्रविन अधिकारी रहेका छन् ।