भवानी प्रसाद पाण्डे
|
5 hours ago
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हस्तान्तरण गरेकी छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले करिब दुई हप्ताअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न आदेश दिएको घटनापछि ह्वाइट हाउसमा यो भेट भएको हो।
भवानी प्रसाद पाण्डे
|
7 hours ago
अमेरिकाको ट्रम्प प्रशासनले कलेज छात्रालाई देशनिकाला (डिपोर्ट) गर्ने क्रममा भएको “गल्ती” का लागि अदालतमा माफी मागेको छ। यद्यपि, प्रशासनले उक्त त्रुटिले उनको कानुनी मुद्दाको वैधानिकतामा भने असर पार्न नहुने तर्क अघि सारेको छ। म्यासाचुसेट्सस्थित बाब्सन कलेजकी १९ वर्षीया प्रथम वर्षकी विद्यार्थी एनी लुसिया लोपेज बेलोजा डिपोर्टमा परेकी थिइन्।
भवानी प्रसाद पाण्डे
|
8 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा जारी अशान्ति नियन्त्रण गर्न दुर्लभ रूपमा प्रयोग हुने ‘इन्सरेक्सन एक्ट’ सक्रिय पार्न सक्ने चेतावनी दिएका छन्। मिनेसोटा राज्यको मिनियापोलिस सहरमा संघीय आप्रवासन एजेन्टले एक व्यक्तिलाई खुट्टामा गोली हानेपछि विरोध प्रदर्शन र तोडफोड सुरु भएको थियो। त्यसपछि राष्ट्रपति ट्रम्पले आवश्यकता परेमा सेना परिचालन गर्ने चेतावनी दिएका हुन्।
किशोर पन्थी
|
15 hours ago
अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेंटले मेडिकेड, फुड स्ट्याम्प लगायतका सरकारी सहायता प्राप्त गर्ने व्यक्तिहरूलाई विदेशमा पैसा पठाउन प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। मेडिकेड, फुडस्ट्याम्प् लगायतका सरकारी सहायता वा अन्य सरकारी लाभ प्राप्त गर्ने व्यक्तिले विदेशमा पैसा पठाउन नसक्ने नियम लागु गर्न लागेको एक अन्तरवार्तामा उनले चेतावनी दिएका हुन् ।
किशोर पन्थी
|
18 hours ago
अमेरिका आएर स्वास्थ्य, खाद्य, आवास लगायतका सरकारी सुविधा लिन सक्नेको भिजिटर भिसा समेत अस्वीकार गर्न अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई निर्देशन दिइएको छ । विदेश मन्त्रालयले सोमबार विश्वभरका अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई पठाएको केबलमा भिजिटर लगायतका गैर आप्रवासी भिसा आवेदकहरूमाथि थप कडाइ गर्न निर्देशन दिएको हो ।
किशोर पन्थी
|
18 hours ago
अमेरिकी विदेश मन्त्रालयले सरकारी सुविधा प्रयोग गर्ने जोखिम भएका नेपाली लगायतको अमेरिकाको आप्रवासी भिसा स्थगनबारे ४ महत्वपूर्ण प्रश्नको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेपछि अन्यौल उत्पन्न भइरहेको सन्दर्भमा ती प्रश्नहरुको जवाफ दिइएको हो ।