npl.977 Nepal News Stream

#Updates

BIZMANDU logo BIZMANDU

सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो

Sarala Subedi | 13 minutes ago
काठमाडौं। चार दिनदेखि उकालो लागेको लागेको सुनको बुधबार फराकिलो अंकमा मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ११ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रति तोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।
BIZMANDU logo BIZMANDU

निर्वाचनका कारण मतदाता गाउँतिर लागेपछि काठमाडौंको सडक सुनसान, मुख्य बजार बन्द

Basudev Timalsina | 49 minutes ago
काठमाडौं। निर्वाचनका कारण काठमाडौंको बजार सुनसान भएको छ। बिहीबार हुने मतदानका लागि मतदाताहरु आ-आफ्नो मतदानस्थलतर्फ लागेका कारण काठमाडौंको बजार सुनसान भएको हो। काठमाडौंका मुख्य सडक सुनसान जस्तै छन्। सार्वजनिक यातायातको संख्या निक्कै पातलो छ। कम संख्यामा चलेका सार्वजनिक यातायातमा पनि यात्रुको संख्या नगन्य छ।
BIZMANDU logo BIZMANDU

इरान युद्धपछि एसियाली सेयर बजार तेस्रो दिन पनि ओरालो, उकालो लाग्दै तेलको मूल्य

Hem Rokaha | 2 hours ago
इजरायल र अमेरिकाको इरानसँगको युद्धलाई एसियाका लगानीकर्ताले नजिकबाट नियालिरहेका छन्। त्यसको असर एसियाली सेयर बजारमा देखिएको छ। बुधबार लगातार तेस्रो दिन एसियाको सेयर बजार घटेको छ। तेलको मूल्य भने हल्का बढेको छ। दक्षिण कोरियाको कोस्पी सूचक प्रारम्भिक कारोबारमै ६ प्रतिशतले घटेको छ। जापानको निक्केई २२५ सूचक ३ प्रतिशतभन्दा बढीले तल झरेको छ।
BIZMANDU logo BIZMANDU

इरान युद्धले खाडी क्षेत्रको ‘सुरक्षित’ छवि धमिलो बनाउँदै, मिसाइल र ड्रोनको जवाफ के?

Hem Rokaha | 3 hours ago
इरान र अमेरिका-इजरायलको नयाँ युद्धको चपेटामा खाडी राष्ट्रहरू परेका छन्। इरानले अमेरिका र इजरायलको हवाई आक्रमणको जवाफ दिँदै आफ्ना अरब छिमेकीतर्फ सयौँ मिसाइल र ड्रोन प्रहार गरेको छ। इरानले खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाएको जनाएको छ। तर, नागरिक संरचना र ऊर्जा पूर्वाधार पनि यसबाट प्रभावित भएका छन्।
BIZMANDU logo BIZMANDU

तराईका केही स्थानमा हुस्सु तथा पहाडमा बादल लाग्ने, यस्तो छ आजको मौसम पूर्वानुमान

Hem Rokaha | 4 hours ago
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बुधबार दिउँसो हुस्सु रहनेछ।
BIZMANDU logo BIZMANDU

खाडीमा रहेका नेपालीको विवरण संकलन गर्न परराष्ट्र मन्त्रालयले संचालनमा ल्यायो पोर्टल

Hem Rokaha | 4 hours ago
काठमाडौं। खाडीमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले संचालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्। नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल संचालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ।
BIZMANDU logo BIZMANDU

विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो

Hem Rokaha | 4 hours ago
काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ। आज १ अमेरिकी डलरको खरिद दर १४६.०६ रुपैयाँ रहँदा बिक्री दर १४६.६६ रुपैयाँ छ। मंगलबार पनि सोही दर कायम थियो। यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६९.२० रुपैयाँ कायम भएको छ। बिक्री दर १६९.९० रुपैयाँ छ।
BIZMANDU logo BIZMANDU

ओडीआईमा नेपालको निराशाजनक स्थिति, लिग-२ मा ‘जादु’ नगरे ओडीआई मान्यता नै जोखिममा

Mukunda Ghimire | 5 hours ago
काठमाडौं। २० खेल खेल्दा मात्रै ५ वटामा जित। ८ वटा टोली सहभागी लिगमा सातौँ स्थानमा। क्रिकेट विश्वकप लिग-२ मा यो हो नेपालको हालको स्थिति। टी-२० फर्म्याटमा ३ पटक विश्वकप खेलेर फर्किएको नेपाली टोलीको वास्तविकता लिग-२ ले देखाइरहेको छ। लिग-२ को अघिल्लो साइकलमा अन्तिम अवस्थामा जादुयी प्रदर्शन गरेर नेपालले एकदिवसीय मान्यता जोगाएको थियो।
BIZMANDU logo BIZMANDU

खाडीको समस्याले निम्तिने तेल व्यवस्थापन कसरी थेग्न सक्छ निगमले?

Shukra Giri | 13 hours ago
काठमाडौं। युक्रेन र रसियाबिचको युद्धका कारण तेलको मूल्य महंगो हुँदा नेपाल आयल निगमले ठूलो क्षति व्यहोरेको थियो।निगमको इतिहासमा पहिलोपटक इन्डियन आयल कर्पोरेशनबाट उधारोमा तेल खरिद गर्नुपरेको थियो। जसको दायित्व ५० अर्बसम्म पुगेको थियो। जुन बेला इन्धनको मूल्य प्रतिलिटर २०० रुपैयाँसम्म पुगेको थियो। त्यति बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य परल गरेको थिएन।
BIZMANDU logo BIZMANDU

क्यानले जारी गरेका प्रवेश पास भएकालाई निर्वाचनको दिन सवारीसाधन पास नचाहिने

Narayan | 15 hours ago
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट जारी भएको विमानस्थलको निषेधित क्षेत्रसम्म जाने प्रवेश पास भएका व्यक्तिलाई चुनावका दिन सवारीसाधन पास आवश्यक नपर्ने भएको छ। निर्वाचन आयोगले उक्त पास भएका व्यक्तिलाई सवारीसाधन अनुमित पास आवश्यक नपर्ने गरी गृह मन्त्रालयमा पत्राचार गरेको हो। प्राधिकरणको आग्रहमा आयोगले सो निर्णय गरेको हो।
BIZMANDU logo BIZMANDU

प्रधानसेनापति सिग्देल निर्वाचनको सुरक्षाप्रति सतर्क, कमजोरी हुन नदिन दिए निर्देशन

Basudev Timalsina | 15 hours ago
काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले निर्वाचनको सुरक्षामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएका छन्। उनले मंगलबार सेनाको उपत्यका पृतनाको निरीक्षण गर्दै निर्वाचनको सुरक्षामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन्। उनले निर्वाचनको सुरक्षाका लागि पृतनाले गरेको तयारीबारे जानकारी पनि लिए। निर्वाचनको सुरक्षाका लागि सेना यसअघि नै फिल्डमा उत्रिसकेको छ।
BIZMANDU logo BIZMANDU

गृहमन्त्री अर्यालले गरे मतदान केन्द्रको निरीक्षण, ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह

Basudev Timalsina | 16 hours ago
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रको निरीक्षण गरेका छन्। मन्त्री अर्यालले मंगलबार ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रको निरीक्षण गरेका हुन्।गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत पनि निरीक्षण टोलीमा सामेल थिए। मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे।
BIZMANDU logo BIZMANDU

खाडी मुलुकका विमानस्थलमा रहेका नेपालीलाई खाने बस्ने प्रबन्ध मिलाउन सरकारको आग्रह

Basudev Timalsina | 16 hours ago
काठमाडौं। सरकारले खाडी मुलुकमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारका लागि ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको छ। आफ्ना नागरिकको अवस्थाबारे नियमित जानकारी लिन तथा उद्धारका लागि उपयुक्त कदम चाल्नका लागि सिफारिस गर्न परराष्ट्र मन्त्री बालानन्द शर्माले परराष्ट्र सचिवको संयोजकत्वमा ‘र्‍यापिड एक्सन टिम’ गठन गरेका हुन्।
BIZMANDU logo BIZMANDU

त्रिभुवन विमानस्थलमा एक महिनामा १० हजार उडान अवतरण, आन्तरिकतर्फ ७ हजारभन्दा धेरै

Sairam Uparkoti | 16 hours ago
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा करिब १० हजार उडान अवतरण भएको छ। विमानस्थल कार्यालयका अनुसार फेब्रुअरीमा ९ हजार ८१६ उडान अवतरण भएको हो। अन्तर्राष्ट्रियतर्फ २ हजार ७९९ र आन्तरिकतर्फ ७ हजार १७ उडान अवतरण भएको कार्यालयले जनाएको छ।
BIZMANDU logo BIZMANDU

चुनावमा भोट हाल्न जानेको लर्कोले बिपी राजमार्गमा चाप, पुनर्निर्माण भइरहेको सडकमा सहज छैन यात्रा

Sabin | 17 hours ago
काठमाडौं। निर्वाचनमा मत हाल्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या वृद्धि भएसँगै बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ। रात्रिबस सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा माइक्रोबस, सुमो र निजी सवारीसाधनको चाप बढेको हो। झापा लगायत पूर्वी जिल्ला जानेहरुले छोटो दूरीका कारण बिपी राजमार्ग हुँदै यात्रा गर्ने गरेका छन्।
BIZMANDU logo BIZMANDU

खाडी युद्धले पेट्रोलियम मात्र होइन खाने तेलको मूल्य पनि उकालो, रोकियो अर्डर, भएन सिपमेन्ट

Bigyan Adhikari | 17 hours ago
विराटनगर। अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा गरेको आक्रमणले पेट्रोलियम पदार्थसँगै खाने तेलको मूल्य पनि बढ्न थालेको छ। युद्ध सुरु हुनुअघि टनको १ हजार २२० डलर रहेको भटमास कच्चा तेलको मूल्य अहिले १ हजार २८० डलर पुगेको छ।
BIZMANDU logo BIZMANDU

नेपाल र खाडी मुलुकबीच ४ दिनदेखि छैन हवाई सम्पर्क, १०७ वटा उडान अवतरण रद्द

Sairam Uparkoti | 18 hours ago
काठमाडौं। खाडी मुलुकमा भएको बमबारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ३१ वटा उडान अवतरण रद्द भएका छन्। विमानस्थल कार्यालयका अनुसार ७ वटा एयरलाइन्सका ३१ वटा उडान अवतरण रद्द भएका हुन्। जजिरा एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, कुवेत एयरवेज, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरवेजको उडान अवतरण रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।
BIZMANDU logo BIZMANDU

नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो

Sahayog Ranjit | 19 hours ago
काठमाडौं । ललितपुरको कुपण्डोलमा संचालित रेष्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ। कुपण्डोलबाट पुल्चोक जाने बाटोमा रहेको भवनमा संचालित दाउरा थकाली रेष्टुरन्टमबाट आगो सल्किएको थियो। सेना, प्रहरी, सशस्त्र, नगर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागीले रेष्टुरेन्टको संरचना पुरै नष्ट भएको छ। The post नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो appeared first on BIZMANDU.
BIZMANDU logo BIZMANDU

खाडी मुलुकमा बमबारीले नेपालको अर्थतन्त्र प्रभावित हुने, राष्ट्र बैंकले देख्यो यी चुनौती

Basudev Timalsina | 19 hours ago
काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले खाडी मुलुकको तनावका कारण नेपालको अर्थतन्त्रमा फेरी चुनौती थपिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा उनले अहिलेको तनावले रेमिटेन्समा बढी असर गर्ने बताए।
BIZMANDU logo BIZMANDU

खाडी मुलुकको तनावले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन : व्यवसायी घिमिरे

Basudev Timalsina | 20 hours ago
काठमाडौं। पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले खाडी मुलुकको तनावका कारण नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार काठमाडौंमा गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तर्क्रियामा घिमिरेले इन्धनको उत्पादन घटेर आपूर्ति श्रृंखला प्रभावित भए पनि नेपालमा तत्कालै अभाव नहुने बताए।

Explore by Source or Category