सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो
काठमाडौं। चार दिनदेखि उकालो लागेको लागेको सुनको बुधबार फराकिलो अंकमा मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ११ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रति तोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा आइपुगेको छ।
यसअघि २ हजार ५ सय रुपैयाँले बढेर मंगलबार तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँ भएको थियो। चालु महिना सुन तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँ थियो। बढ्दै जाँदा मंगलबारको मूल्य सर्वाधिक उच्च थियो।
गत आइतबार तोलाको ३ लाख २० हजार ५ सय रुपैयाँ थियो। सोमबार एकैदिन ५ हजार ६ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।
बुधबार चाँदी तोलामा २ सय ७५ रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रति तोला ५ हजार ५ सय ४० रुपैयाँ भएको महासंघले जनाएको छ। मंगलबार तोलाको ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५१४३.७३ डलर र चाँदी प्रतिऔंस ८४.०१ डलरले कारोबार भइरहेको छ। अघिल्लो दिनका तुलनामा सुन प्रति औंस ३१.३७ र चाँदी ०.८१ डलरले सस्तिएको छ।
The post सुनको मूल्यमा पहिरो, एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो appeared first on BIZMANDU.