तराईका केही स्थानमा हुस्सु तथा पहाडमा बादल लाग्ने, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका केही स्थानमा बुधबार दिउँसो हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
बुधबार राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
The post तराईका केही स्थानमा हुस्सु तथा पहाडमा बादल लाग्ने, यस्तो छ आजको मौसम पूर्वानुमान appeared first on BIZMANDU.