npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

निर्वाचनका कारण मतदाता गाउँतिर लागेपछि काठमाडौंको सडक सुनसान, मुख्य बजार बन्द

Basudev Timalsina 2 hours ago

काठमाडौं। निर्वाचनका कारण काठमाडौंको बजार सुनसान भएको छ। बिहीबार हुने मतदानका लागि मतदाताहरु आ-आफ्नो मतदानस्थलतर्फ लागेका कारण काठमाडौंको बजार सुनसान भएको हो।

काठमाडौंका मुख्य सडक सुनसान जस्तै छन्। सार्वजनिक यातायातको संख्या निक्कै पातलो छ। कम संख्यामा चलेका सार्वजनिक यातायातमा पनि यात्रुको संख्या नगन्य छ।

सार्वजनिक यातायातका साधन आफ्नो नियमित रुट छोडेर मतदाता ओसार्न प्रयोग भएका छन्। राजनीतिक दलहरुले आफ्नो पार्टीमा आस्था राख्नेहरुलाई गाउँ गाउँमा लान बस रिजर्भ गरेका छन्।

नयाँ बानेश्वर, पुतलीसडक, बागबजार, भोटाहिटी, न्यूरोड लगायत क्षेत्रका पसल खुलेका छैनन्। मुख्य बजारमा मानिसको आउजाउ देखिंदैन। भित्री सडकका पसल भने फाट्टफुट्ट खुलेका छन्।

सरकारले निर्वाचनका लागि बुधबारदेखि तीन दिन सार्वजनिक बिदा दिएको छ। बिहीबार प्रतिनिधि सभामा २७५ सदस्य चयनका लागि मतदान हुँदैछ।

१० हजार ९६७ स्थानमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। मतदाताले मतदान केन्द्रमा पुगेर भोट हाल्नु पर्नेछ। निर्वाचन आयोगका अनुसार मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ छ। निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० उम्मेदवार निर्वाचित हुनेछन्।

प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दलका २२६३ र स्वतन्त्र ११४३ गरी ३ हजार ४०६ उम्मेदवार मैदानमा छन्। तीमध्ये ३८८ जना महिला हुन्।

यस्तै समानुपातिकतर्फ ६३ वटा राजनीतिक दलका ३ हजार १३५ उम्मेमदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १७७२ जना महिला हुन्।

The post निर्वाचनका कारण मतदाता गाउँतिर लागेपछि काठमाडौंको सडक सुनसान, मुख्य बजार बन्द appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category