npl.977 Nepal News Stream

BIZMANDU logo

BIZMANDU

#1 website for business news of Nepal & biggest and reliable news portal of nepal. It is the most trusted source of business news of nepal from across the world.

आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था गर्न होटल संघका अध्यक्ष शाहको माग

Basudev Timalsina | 1 hour ago
काठमाडौं। होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल व्यवसायीले भुक्तानी लिएर सञ्चालन गर्ने आवास व्यवसायमा अनिवार्य दर्ता र लाइसेन्सको व्यवस्था कडाइका साथ लागू गर्नु पर्ने बताएका छन्।

लघुवित्तले ग्राहक संरक्षण कोषको रकम दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका लागि खर्च गर्न पाउने

Akash Bogati | 1 hour ago
काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक संरक्षण कोषको रकमबाट दैवीप्रकोप तथा दुर्घटनामा परेका ग्राहकका परिवारलाई सहयोग गर्न पाउने भएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले सर्कूलर जारी गर्दै कोषको रकम दैवीप्रकोप/दुर्घटनामा परेका ग्राहकको परिवार, ग्राहकहरूको शिक्षा र क्षमता विकास एवम् ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमा मात्र खर्च गर्न भनेको हो।

वर्षको आधा समय बितेपछि बैंकरमा पलायो आशा, एक महिनामा ५१ अर्ब रुपैयाँ कर्जा लगानी

Akash Bogati | 1 hour ago
काठमाडौं। वर्षको ६ महिना बितेपछि बल्ल बैंकरहरुमा केही आशा पलाएको छ। ब्याजदर निरन्तर घटाउँदा पनि पैसा थुपारेर राख्नुपरेका कारण निराश बैंकरहरु पछिल्लो महिना देखिएको ऋणको मागका कारण केही आशावादी बनेका हुन्। राष्ट्र बैंकको खुकुलो नीति र बजारमा आर्थिक गतिविधि बढेसँगै ऋणको माग बढ्न थालेको छ। मंसिरयता ऋणको माग निरन्तर बढेको बैंकरहरूले बताएका छन्।

भरतपुर महानगरले ५३ करोड खर्च गरेर बनायो अत्याधुनिक प्रशासकीय भवन, प्रचण्डले गरे उद्घाटन

Basudev Timalsina | 1 hour ago
काठमाडौं। भरतपुर महानगरपालिकाले ६ तले नयाँ प्रमुख प्रशासकीय भवन बनाएको छ। महानगरले ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ खर्च गरेर प्रशासकीय भवन बनाएको हो। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नवनिर्मित भवन उद्घाटन गरेका छन्। भवनमा इनेटेरियरको काम भने बाँकी नै छ।

६ महिनामा सवा ३९ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता, धेरै परियोजना आइटी क्षेत्रमा

Sarala Subedi | 2 hours ago
काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा सवा ३९ अर्ब रुपैयाँ बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि पुससम्म ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबर वैदेशिक प्रतिवद्धता आएको हो। विभागले ६ महिनामा ४७५ वटा विदेशी लगानीका परियोजना स्वीकृत गरेको छ।

राष्ट्र बैंकले घटायो निष्क्रिय कर्जा स्तरोन्नति हुने अवधि, ६ महिनाबाट ३ महिनामा झार्‍यो

Akash Bogati | 2 hours ago
काठमाडौं। नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको स्तरोन्नति हुने अवधि घटाएको छ। अब यस्तो कर्ताको ब्याज भुक्तानी भएको ३ महिनापछि नै स्तरोन्नति गर्न पाइने भएको हो। यसअघि, निष्क्रिय कर्जामा भाखा नाघेको बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म सुक्ष्म निगरानीमा राख्नु पर्ने व्यवस्था थियो। त्यसपछि मात्रै यस्तो कर्जालाई असलमा स्तरोन्नति गर्न सकिन्थ्यो।

साफ फुटसल च्याम्पियनसिप: सरोज तामाङको दोहोरो गोलमा श्रीलंकामाथि नेपालको पुनरामगन जित

Mukunda Ghimire | 3 hours ago
काठमाडौं। साफ फुटसल च्याम्पियनमा नेपालले श्रीलंकालाई हराएको छ। थाइल्याण्डको बैङ्ककमा आज सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २-१ गोलअन्तरले हरायो। खेलको १० औँ मिनेटमा मोहम्मद साजनले श्रीलंकालाई अग्रता दिलाएका थिए। तर, १५ औँ मिनेटमा सरोज तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए। २१ औँ मिनेटमा फेरि सरोजले नै गोल थप्दा नेपालले जित निकाल्न सफल भयो।

खड्का ऊर्जामन्त्री हुँदाका हर्ताकर्ता अरुण केसी लगानी बोर्डको संचालक बन्दै, ‘हामी अचम्ममा पर्‍यौं’

Bigyan Adhikari | 3 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सरकारले अरुण केसीलाई लगानी बोर्डको सदस्यमा नियुक्त गर्ने भएको छ। दीपक खड्का ऊर्जामन्त्री भएका बेला हर्ताकर्ता रहेका केसीलाई सर्वोच्च अदालतको एक न्यायाधिशको सिफारिशमा केसीलाई सदस्यमा नियुक्त गर्न लागिएको हो। उनी माउन्टेन इनर्जी संचालक हो। बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ।

केटीएम हस्पिटालिटीले १५ करोड ५० लाखको आईपीओ जारी गर्ने, साधारण सभाबाट प्रस्ताव पारित

Basudev Timalsina | 3 hours ago
काठमाडौं। चितवनको सौराहामा पाँच तारे लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ। रोयल टुलिप चितवन गरिरहेको केटीएम हस्पिटालिटीको बुधबार सम्पन्न दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।

राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी, वर्षको ८० लाख दिने सम्झौता

Mukunda Ghimire | 3 hours ago
काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रायोजकका रुपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स भित्रिएएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सलाई भित्र्याएको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दुई वर्षका लागि प्रायोजन सम्झौता गरिएको हो। सम्झौता अनुसार कम्पनीले वार्षिक ८० लाख रुपैयाँ दिनेछ।

टेलिकमका सञ्चालकले एक वर्षमा बुझे साढे २२ लाख भत्ता, सञ्चारसचिव अर्यालले लिइन् ३ लाख

Basudev Timalsina | 4 hours ago
काठमाडौं। नेपाल टेलिकमका सञ्चालकहरुले एक वर्षमा साढे २२ लाख रुपैयाँ भत्ता बुझेका छन्। टेलिकमका सञ्चालकहरुले गत आर्थिक वर्ष ४२ वटा बैठकमा सहभागी भएबापत २२ लाख ४३ हजार हजार रुपैयाँ भत्ता बुझेका हुन्। भत्ता धेरै बुझ्नेमा मनिषजंग जोही छन्।

नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार

Basudev Timalsina | 4 hours ago
काठमाडौं। नबिल बैंकको लेखापरीक्षणको जिम्मा ज्ञानेन्द्रबहादुर भारीले पाएका छन्। बैंकको ४१औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण गर्ने जिम्मा बीआरएस न्यौपाने एण्ड कम्पनीका भारीलाई दिने निर्णय गरेको हो। बैंकका अनुसार भारीलाई पुन: लेखापरीक्षक नियुक्त गरिएको छ। उनले भ्याटसहित ४४ लाख १२ हजार ६५० रुपैयाँ पारिश्रमिक पाउनेछन्। The post नबिल बैंकको लेखापरीक्षकमा पुन: भारी, पारिश्रमिक भ्याटसहित ४४ लाख १२ हजार appeared first on BIZMANDU.

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता

Basudev Timalsina | 5 hours ago
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको सुरक्षालाई लिएर छलफल गरेका छन्। उनले शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई आयोगमा बोलाएर सुरक्षा अवस्थाबारे छलफल गरेका हुन्। प्रतिनिधि सभाको निर्वाचन आउन अब ४८ दिन मात्र बाँकी छ।

विश्वकप छनोटअघिको वार्मअफ म्याच:  अमेरिकाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल

Mukunda Ghimire | 5 hours ago
काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्मअफ म्याचमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको हो। यसअघि पहिलो वार्मअफ म्याचमा आयरल्याण्डसँग ९९ रनको फराकिलो हार ब्यहोरेको नेपाल आजको खेलमा जित निकाल्दै क्वालिफायर अघि मोमेन्टम बनाउने लक्ष्यमा रहनेछ।

Explore news by Category