npl.977 Nepal News Stream

PalikaNews logo

PalikaNews

भुल्केगाउँमा खानेपानी समस्या अन्त्य‘ : एक घर, एक धारा’ पालिकाकाे अभियानबाट ४६८ घरधुरी लाभान्वित

पालिका ब्यूरो | 10 hours ago
खोटाङ – रामप्रसादराई गाउँपालिका–३ भुल्केमा वर्षौँदेखि रहँदै आएको खानेपानी समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत गाउँका ४६८ घरधुरीमा खानेपानी सेवा विस्तार गरिएपछि पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने बाध्यता हटेको छ ।

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

पालिका ब्यूरो | 10 hours ago
कैलाली – वर्षायाममा उग्र बहावका कारण त्रास फैलाउने कर्णाली नदी हिउँद लागेसँगै स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षयता कर्णाली नदीको किनार र टापु क्षेत्रमा बगरखेती गर्दै आएकाछन् ।

फागुपूर्णिमा : जब इतिहास, आस्था र वसन्त एउटै रङमा घुल्छन्

पालिका ब्यूरो | 1 day ago
काठमाडौं – जाडोको अन्तिम साससँगै जब पृथ्वीको मुहार फेरिन थाल्छ, जब रूखका नाङ्गा हाँगामा कोमल पालुवा टुसाउन थाल्छन् र हावामा अज्ञात उल्लास मिसिन थाल्छ, त्यही बेला फागुनको पूर्णिमा उदाउँछ । आकाशमा टल्किएको त्यो उज्यालो चन्द्रमासँगै मानिसहरूको मन पनि उज्यालिन्छ ।

हिमपात चिर्दै नाम्खाका मतदान केन्द्रमा हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

पालिका ब्यूरो | 1 day ago
हुम्ला – समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि, चिसो हावा र बाक्लो हिमपातबीच पनि लोकतन्त्रको अभ्यास रोकिएको छैन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका चार मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पुर्‍याइएको छ ।

देशभरका ६ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

पालिका ब्यूरो | 1 day ago
काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम देशभरका ६ हजार ७४३ वटै वडामा सम्पन्न भएको छ । निर्वाचन आयोगले स्वीकृत कार्यतालिकाअनुसार फागुन ३ गतेदेखि सुरु भएको कार्यक्रम आजसम्म ७५३ वटै स्थानीय तहका सबै वडामा सम्पन्न भएको जनाएको हो ।

सुक्दै गएका मुहान जोगाउन पालिकाको पहल , जलाधार संरक्षणमा २५ लाख लगानी

पालिका ब्यूरो | 1 day ago
भोजपुर : जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ । पानीका स्रोतहरू घट्दै जाँदा भविष्यमा उत्पन्न हुन सक्ने जलसङ्कटलाई मध्यनजर गर्दै गाउँपालिकाले योजनाबद्ध रूपमा संरक्षणका काम थालेको हो ।

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ : विद्यार्थीमार्फत समुदायसम्म सकारात्मक सन्देश

पालिका ब्यूरो | 1 day ago
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालनमा रहेको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाले आइतबार गरेको अनुगमनका क्रममा विद्यालय तथा विद्यार्थीहरूको व्यवहारमा फोहोर व्यवस्थापन र वातावरण संरक्षणप्रति उल्लेखनीय सुधार देखिएको बताएका छन् ।

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

पालिका ब्यूरो | 1 day ago
बागलुङ : बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ अब सिधा सडक सञ्जालमार्फत जोडिएका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सडक पहुँचमा आएसँगै दुई जिल्लाबीचको भौगोलिक दूरी मात्र होइन, सामाजिक र आर्थिक दूरी समेत घट्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ महानगरका ८३ सामुदायिक विद्यालयमा एकीकृत डिजिटल हाजिरी लागू

पालिका ब्यूरो | 2 days ago
काठमाडौं – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गरेको छ । हालसम्म ८३ विद्यालयका ३६ हजार २८० जनालाई प्रणालीमा समेटिएको शिक्षा विभागले जनाएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनपछि आन्तरिक जनशक्तिबाट प्रणाली विकास गरी विद्यालयका कर्मचारीलाई तालिम दिइएको हो ।

लालपुर्जाको आशामा दुई दशक : चुनावी आश्वासनमै सीमित सुकुम्बासीको सपना

पालिका ब्यूरो | 2 days ago
कैलाली – टीकापुर नगरपालिका–स्थित एकतानगर सुकुम्बासी शिविरमा दुई दशकदेखि बस्दै आएका राजु विकको एउटै चाहना छ– लालपुर्जासहितको जग्गा। विसं २०६४ यता हरेक निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले आवाससहित लालपुर्जा उपलब्ध गराउने आश्वासन दिए पनि उहाँको सपना अझै पूरा हुन सकेको छैन ।

पुनःस्थापनाको पर्खाइमा शुक्लाफाँटा आरक्ष विस्थापित, दुई दशकदेखि चुनावी एजेन्डामै सीमित

पालिका ब्यूरो | 2 days ago
कञ्चनपुर – हरेक निर्वाचनमा राजनीतिक दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि दोहोरिएको छ । स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्म विगत दुई दशकदेखि पुनःस्थापनाको प्रतिबद्धता दोहोरिँदै आए पनि समस्या ज्यूँका त्यूँ रहेको छ ।

उत्तरगङ्गामा छानोसहितको साँघु निर्माण, स्थानीय र पर्यटकलाई सहज

पालिका ब्यूरो | 2 days ago
बागलुङ – ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । स्थानीय बासिन्दा तथा पर्यटकलाई नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु नौ लाख ५० हजार लागतमा मौलिक शैलीको साँघु निर्माण गरिएको हो ।

भिरकाटे–दोवा सडक स्तरोन्नति लक्ष्यअघि नै सम्पन्न

पालिका ब्यूरो | 2 days ago
म्याग्दी – अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना निर्धारित समयभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको उक्त योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवासँग रु ६५ लाखमा ठेक्का सम्झौता भएको थियो।

सिरहाका मतदाताको मुख्य एजेन्डा : कमला पुल, लालपुर्जा, मलखाद र पक्की सडक

पालिका ब्यूरो | 4 days ago
सिरहा — आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । तर यसपटकको घरदैलो अभियान विगतका चुनावजस्तो सहज देखिएको छैन । हिजो आश्वासनमा ताली बजाउने मतदाता अहिले उम्मेदवारलाई ‘रिपोर्ट कार्ड’ माग्दै ‘अडिटर’को भूमिकामा उत्रिएका छन् ।

नगर–नगरबीचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कूटनीतिक साइनोका रूपमा स्थापित गर्नुपर्छ : डंगोल

पालिका ब्यूरो | 4 days ago
काठमाडौं — काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर–नगरबीचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कूटनीतिक साइनोका रूपमा स्थापित गर्नुपर्ने बताएकीछन् । बिहिबार सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा तथा काठमाडौं–फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरू रामरोहन पन्त र सिर्जना सिथिखुसहितको टोलीसँगको भेटमा उनले सहरहरूबीचको सहकार्यलाई परिणाममुखी र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिईन् ।

काठमाडौ महानगरको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान, थप आठ वडामा अध्ययन सुरु

पालिका ब्यूरो | 4 days ago
काठमाडौं — काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम यकिन गरिएको जनाएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणमा सम्पन्न अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम पहिचान गरिएको जानकारी दिएको हो ।

बबई गाउँपालिकाभित्रका १० बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस

पालिका ब्यूरो | 5 days ago
दाङ – बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस गरिएको छ ।

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’: द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

पालिका ब्यूरो | 5 days ago
काठमाडौं, – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले भौतिक पूर्वाधार, ऊर्जा, यातायात र कृषि आधुनिकीकरणलाई मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

पालिका ब्यूरो | 5 days ago
कञ्चनपुर, – वर्षौंदेखि बाढी र कटानको समस्याले पीडित दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि सुरक्षित बनेको छ । पूर्वतर्फ महाकाली र उत्तरतर्फ जोगबुढा नदीको दोसाधमा अवस्थित यो बस्ती हरेक वर्ष वर्षायाममा डुबान र कटानको चपेटामा पर्दै आएको थियो।

एसियन हाइवे अन्तर्गत काँकडभिट्टा–लौकही खण्डमा आठ किलोमिटर कालोपत्र पूरा

पालिका ब्यूरो | 6 days ago
झापा – पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टादेखि लौकहीसम्म विस्तार भइरहेको एसियन हाइवे अन्तर्गतको सडक परियोजनाले निर्माणको देखिने उपलब्धि दिन थालेको छ। विभिन्न स्थानमा गरी आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भएसँगै आयोजना कार्यान्वयनले गति लिएको संकेत देखिएको हो। काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको आयोजना कार्यालयले जनाएको छ।

Explore news by Category