पालिका ब्यूरो
|
5 days ago
काठमाडौं – सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका पूर्वाधार विकासका काममा अनुगमन, अन्तरनिकायगत समन्वय र सहजीकरण गर्ने उद्देश्यले उच्चस्तरीय समिति गठन गरेको छ। मङ्सिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा ‘मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय तथा सहजीकरण समिति’ बनाउने निर्णय गरेको हो ।
पालिका ब्यूरो
|
5 days ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभागले वडा नम्बर ३० अन्तर्गत पर्ने पञ्चकुमारी मार्ग जनगोरेटोमा जडान गरिएको भूमिगत ड्राइराइजर प्रणालीको सफल परीक्षण सम्पन्न गरेको छ। परीक्षणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक तथा महानगर प्रहरीको टोली खटिएको थियो ।
पालिका ब्यूरो
|
5 days ago
काठमाडौँ – बागमती नदी करिडोरलाई उज्यालो र सुरक्षित बनाउन गोकर्णदेखि बल्खुसम्म आधुनिक स्मार्ट लाइटिङ र सिसिटिभी प्रणाली जडान गर्ने तयारी सुरु गरिएको छ ।
पालिका ब्यूरो
|
6 days ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले राजस्व संकलनलाई प्रभावकारी बनाउन नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई मजबुत बनाउनु पर्ने निष्कर्ष निकालेको छ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले चालु आर्थिक वर्षमा भएको राजस्व संकलनलाई विगत वर्षसँग तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
पालिका ब्यूरो
|
6 days ago
म्याग्दी – बेनी प्रादेशिक अस्पतालमा सुत्केरीसेवा लिनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गएको देखिएको छ । विशेषगरी २० वर्षभन्दा कम उमेरमै गर्भवती हुने र गर्भपतन सेवा लिने किशोरी तथा युवतीको संख्या उल्लेख्य रूपमा बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
पालिका ब्यूरो
|
6 days ago
काठमाडौं – मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड अन्तिम चरणमा पुगेको छ । पोखरा हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्ग ९० प्रतिशत काम सम्पन्न भइसकेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर किरण सुवेदीले जानकारी दिएका छन् ।
पालिका ब्यूरो
|
6 days ago
दमौली – देवघाट गाउँपालिका–३ का किसानहरू वर्षौँदेखि सुन्तला उत्पादनबाट ठूलो आम्दानी गर्दै आए पनि ढुवानी समस्याले उनीहरूको मुख्य पिरलो बढाएको छ । छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रबाट मात्रै करोडौँ रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेका छन् । तर, बजारसम्म पु¥याउने क्रममा किसानले वर्षैभरि समस्या झेल्दै आएका छन् ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान ‘कुमारी घर’बाट विसं २०५६ तिर चोरी भएको ऐतिहासिक तोरण करिब २६ वर्षपछि पुनःस्थापित गरिएको छ। काठमाडौँ महानगरपालिकाले मंसिर १ गते उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले तोरणलाई पूर्ववत् स्थानमा जडान गर्ने निर्णय गरेको थियो। चोरीपछि तोरण संयुक्त अधिराज्य वेलायतस्थित बाराकाट संग्रहालयमा भेटिएको थियो।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षणपछि धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले व्यक्त गरेको छ । हुलाकी राजमार्गअन्तर्गत तराई–मधेसको महत्वपूर्ण जीवनरेखा मानिने यो पुल विसं २०६८ मा तीन वर्षमै सक्ने सम्झौतासहित सुरु भए पनि १४ वर्षसम्म अधुरै रहँदै आएको हो ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं : भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी गर्न भरतपुर महानगरपालिकालाई कानुनी जटिलता परेको छ। संघीय सरकारले रङ्गशालाका लागि रु १५ करोड बजेट विनियोजन गरे पनि कानुनी प्रक्रिया नमिलेका कारण महानगरले भुक्तानी दिन नसकेको स्पष्ट गरेको छ ।
पालिका ब्यूरो
|
1 week ago
सिरहा, धनुषा —ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । सम्झौताअनुसार काम सक्न तीन हप्ता मात्र बाँकी रहँदा पनि करिब ४० प्रतिशत काम अधुरो रहेको छ ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – पूर्वीनाका काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ। सो अवधिमा स्याउ, केरा, सुन्तला, आँप लगायतका फलफूल आयात भएका हुन् ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौँ—काठमाडौँ महानगरपालिकाले बसोबास गर्ने सिपसम्पन्न महिलाहरूलाई उद्यमी बनाउन नीति तथा कार्यक्रम अगाडि बढाएको छ । महानगरकी उपप्रमुख सुनिता डंगालले बिहीबार सामाजिक विकास विभागको आयोजना गरेको महिला समूह, समिति र सशक्तिकरण अन्तरक्रियामा यसबारे जानकारी दिईन् ।
पालिका ब्यूरो
|
1 week ago
भरतपुर – भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रका २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान सम्पन्न गरेको छ । महानगरका अनुसार, मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती दुई चरणमा जडान गरिएको छ ।
पालिका ब्यूरो
|
1 week ago
भोजपुर – सिद्धकाली शक्तिपीठ हाल धार्मिक पर्यटनको प्रमुख केन्द्रको रूपमा क्रमशः विकास हुँदैछ । स्थानीय धार्मिक विश्वासअनुसार, स्वस्थानी व्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भएपछि यो शक्तिपीठ उत्पन्न भएको बताइन्छ । यही कारणले देश–विदेशबाट भक्तजनहरू नियमित दर्शनका लागि यहाँ आउने गरेका छन् ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा शैक्षिक, प्रशासनिक तथा अनुशासनसम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको छ। बिहीबार बसेको नगर शिक्षा समिति बैठकको निर्णय कार्यान्वयन गर्दै नगर कार्यपालिकाले विद्यालयलाई पत्र पठाएर आवश्यक निर्देशन दिएको हो।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद गुरागाईँले महानगरका ‘गौरव योजना’ र ‘स्वर्णिम योजना’हरुको प्रगति प्रतिवेदन तीन दिनभित्र अनिवार्य रूपमा पेश गर्न सम्बन्धित शाखा तथा विभागहरूलाई निर्देशन दिएका छन् । महानगरले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका र आम सरोकारका क्षेत्रमा पर्ने कार्यक्रमलाई प्राथमिकताका लागि वर्गीकरण गरेको छ ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र प्रशासनिक केन्द्र दुवै परिवर्तन गरिएको छ । मङ्सिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाउँपालिकाको नाम ‘मर्चवारी’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ राख्ने निर्णय गरेको हो । यससँगै गाउँपालिकाको केन्द्र साविक वडा नं. ३ रायपुरबाट सारेर वडा नं. ४ खैरामा स्थानान्तरण गरिएको छ ।
पालिका ब्यूरो
|
1 week ago
काठमाडौं – लहान नगरपालिकाले हुलाकचोकस्थित मुख्य बजार क्षेत्रमा आधुनिक सार्वजनिक शौचालय निर्माण कार्य सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्यास गर्दै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउन यो परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।