Prakash Timalsina
|
3 hours ago
Prakash Timalsina
|
3 hours ago
एजेन्सी – सेनेगल अफ्रिका कप अफ नेशन्सको फाइनलमा पुगेको छ। इजिप्टलाई १–० ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको छ। योसँगै मोहम्मद सलाहको उपाधि जित्ने सपना फेरि अधुरो बनेको छ। बुधबार राति मोरक्कोको तान्जियरमा भएको खेलमा सेनेगलका साडियो मानेले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
Prakash Timalsina
|
4 hours ago
एजेन्सी – रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मै बाहिरिएको छ। इन्जुरी समयमा जेफ्टे बेटान्कोरले निर्णायक गोल गरेपछि दोस्रो डिभिजनको अल्बासेटेले बुधवार रियललाई ३-२ ले हराउँदै सनसनीपूर्ण जित निकालेको हो। एस्टाडियो कार्लोस बेल्मोन्टेमा भएको खेलमा रियलले दुई पटक बराबरी गरे पनि अन्ततः हार टार्न सकेन।
Prakash Timalsina
|
4 hours ago
एजेन्सी – लिग कप (काराबाओ कप ) सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ ले हराएको छ । नाटकीय खेलमा चेल्सीका गोलकिपर रोबर्ट सान्चेजका गल्तीले आर्सनललाई फाइदा पुग्यो । अर्कोतिर अलेजान्द्रो गार्नाचोले २ गोल गर्दै चेल्सीलाई आशा जोगाइराखे।
Prakash Timalsina
|
13 hours ago
Prakash Timalsina
|
15 hours ago
Prakash Timalsina
|
17 hours ago
Prakash Timalsina
|
18 hours ago
Prakash Timalsina
|
1 day ago
एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले आगामी टि ट्वान्टी विश्वकप २०२६ भारतमा खेल्न नजाने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यो निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बंगलादेशले सुरक्षाको कारण देखाउँदै अडान नफेर्ने स्पष्ट पारेको छ। बिसिबी र आइसिसीबीच मंगलबार भिडियो कन्फरेन्समार्फत छलफल भएको थियो।
Prakash Timalsina
|
1 day ago
Prakash Timalsina
|
1 day ago
एजेन्सी – मुम्बई इन्डियन्सले महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा मंगलवार गुजरात जायन्ट्सलाई ७ विकेटले हराएको छ। गुजरात माथि मुम्बईको यो आठौँ जित हो। कप्तान हर्मनप्रित कौरको नटआउट अर्धशतकको मद्दतमा मुम्बईले १ सय ९३ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
Prakash Timalsina
|
1 day ago
एजेन्सी – म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) सेमिफाइनलको पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडमाथि २-० को जित हात पारेको छ। यो जितसँगै ८ पटकको विजेता सिटीले फाइनलको सम्भावनालाई मजबुत बनाएको छ। सिटीका लागि एन्टोइन सेमेन्यो र रायन चेर्कीले गोल गरे। हालै बोर्नमाउथबाट अनुबन्धित सेमेन्योले ५३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
hamrokhelkud
|
1 day ago
Bhupendra GC
|
1 day ago
काठमाडौं (हाम्रो खेलकुद) ( बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा ७औँ राष्ट्रपति रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। गाउँ शिक्षा समिति तथा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो।
Prakash Timalsina
|
2 days ago
एजेन्सी – ग्रेेस ह्यारिसको विस्फोटक ८५ रनको मद्दतमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले (आरसिबी) युपी वारियर्जलाई ९ विकेटले हराउँदै विमेन्स प्रिमियर लिग (डब्ल्युपिएल) मा लगातार दोस्रो जित निकालेको छ। यो जितसँगै आरसिबी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पहिले ब्याटिङ गरेको युपीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो।
Prakash Timalsina
|
2 days ago
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोले ८ महिनाभन्दा कम समयमै आफ्नो पद छाडेका छन्। क्लबले आपसी सहमतिमा अलोन्सोसँग अलग भएको जनाएको छ। उनको स्थानमा रियलले पूर्व खेलाडी आल्भारो आर्बेलोआलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको छ। ४४ वर्षीय अलोन्सोले गत मे महिनामा कार्लो एन्सेलोटीको स्थानमा रियलको जिम्मेवारी सम्हालेका थिए।
Prakash Timalsina
|
2 days ago
Prakash Timalsina
|
2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- बाल क्रिकेटको विकास तथा प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यु–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौँको सिफल ग्राउण्डमा सञ्चालन हुनेछ।आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अनुसार प्रतियोगितामा २७ टोलीको सहभागिता रहनेछ। तीमध्ये ८ उपत्यका बाहिरका र बाँकी भित्रका हुनेछन्।
Prakash Timalsina
|
2 days ago
Prakash Timalsina
|
2 days ago
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि ट्वान्टी विश्वकप क्वालिफायर अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार दिने घोषणा घोषणा गरेको छ। नेपालका लागि क्वालिफायरमा सबैभन्दा बढी रन बनाउने खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ दिइने अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले बताएका छन्।