हिलीको शतकसँगै भारतविरुद्ध अस्ट्रेलियाको क्लिन स्विप
एजेन्सी – अस्ट्रेलियाको महिला टोलीले ओडिआई सिरिजमा विश्व च्याम्पियनमा भारतीय टोली विरुद्ध ३-० ले क्लिनस्विप गरेको छ।
तेस्रो तथा अन्तिम ओडिआईमा भारतलाई १ सय ८५ रनले हराउँदै अस्ट्रेलियाले क्लिन स्विप गरेको हो।
अस्ट्रेलियाकी कप्तान एलिसा हिलीले आफ्नो अन्तिम ओडिआई खेलमा अविस्मरणीय प्रदर्शन गर्दै ९८ बलमा १ सय ५८ रन बनाइन्। उनले २७ चौका र २ छक्का प्रहार गरिन्। उनको उत्कृष्ट इनिङमा सँगै अस्ट्रेलियाले ७ विकेटको नोक्सानीमा ४ सय ९ रन बनायो।
विकेटकिपर ब्याटर बेथ मुनीले ८४ बलमा १० चौका र १ छक्कासहित नटआउट १ सय ६ रन बनाउँदै साथ दिइन्।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले फिबी लिचफिल्डलाई १४ रनमा गुमाए पनि त्यसपछि हिली र जर्जिया भोलले दोस्रो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरे।
भोलले ५२ बलमा ७ चौका र १ छक्कासहित ६२ रन बनाइन्। त्यसपछि हिली र मुनीबीच तेस्रो विकेटका लागि १ सय ४५ रनको महत्वपूर्ण साझेदारी भयो ।
१ सय २६औँ तथा अन्तिम ओडिआई खेलेकी हिलीले आफ्नो आठौँ शतक पूरा गरिन् । अन्त्यतिर एनेबल सदरल्यान्डले २३ रन र निकोला केरीले १५ बलमा ३४ रन थपिन्।
भारतका लागि स्नेह रानाले २ विकेट लिइन्। श्री चरानीले १ सय ६ रन खर्चेर २ विकेट लिइन् । ओडिआईमस १ सय भन्दा बढी रन खर्चने उनी तेस्रो बलर बन्न पुगिन्।
४ सय १० रनको लक्ष्य पछ्याएको भारत सुरुदेखि नै दबाबमा पर्यो। भारतले ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय २४ रन मात्र बनाएको छ।
स्मृति मन्धाना दोस्रो ओभरमै आउट भइन्। प्रतिका रावल र जेमिमाह रोड्रिग्सले ५४ रन साझेदारी गरे। प्रतिमाले २७ र जेमिमसहले ४२ रन जोडिन् ।
दीप्ति शर्मा (२९ रन) र स्नेह राना (४४ रन) ले आठौँ विकेटका लागि ६३ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि अलाना किङले ४ विकेट लिइन्।
ओडिआईअघि ३ खेलको टि ट्वान्टी सिरिजमा भारत २-१ ले विजयी भएको थियो। दुई सिरिजमा अस्ट्रेलियाले ८ र भारतले ४ अंक जोडेको छ। यी दुई टोलीबीचको एक मात्र टेस्ट मार्चमा सुरु हुनेछ।
The post हिलीको शतकसँगै भारतविरुद्ध अस्ट्रेलियाको क्लिन स्विप first appeared on हाम्रो खेलकुद.