जेम्सलाई यु १४ क्रिकेट उपाधि
काठमाडौं (हाम्रो खेलकुद)- अपराजित रहँदै जेम्सले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टि टेन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सानोठिमीस्थित मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको फाइनलमा जेम्सले अक्षरालाई ३ रनले पराजित गर्यो । अक्षरा पनि कुनै खेल नगुमाइ फाइनलमा पुगेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा ९ विकेट गुमाउदै ६४ रन बनायो ।
‘प्लेयर अफ द म्याच’ कप्तान विदुस नेपालले २०, दीक्षान्त मिश्रले १६ र आरभ गुप्ताले ८ रन जोडे ।
बलिङमा अक्षराका हार्दिक न्यौपानेले ह्याट्रिक गरे भने अभिक अछामीले २ तथा कप्तान रिजेन बस्नेत र लक्ष्यजित मल्लले समान १ विकेट लिए ।
जवाफमा अक्षरा १० ओभरमा ६ विकेट क्षतिमा ६१ रनमा समेटियो । रिजेन बस्नेतले २२, नियोल राउतले १६ र लक्ष्यजित मल्लले १४ स्कोर गरे । जेम्सका विदुस नेपालले २ तथा सुभन शाह, प्रागभ पाण्डे र अविर लामिछानेले समान १ विकेट हात पारे ।

शनिबारै भएको सेमिफाइनलमा अक्षराले विश्वज्ञानलाई ८ विकेट तथा जेम्सले ग्यालेक्सी पब्लिक स्कुललाई २९ रनले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
विजेता जेम्सले ५० हजार र दोस्रो टोलीले अक्षराले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो। अक्षराका रिजेन बस्नेत ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले माउन्टेन बाइक पुरस्कार पाए ।
ग्यालेक्सीका मिङमा तामाङ उत्कृष्ट ब्याटर चुनिए । उनले ब्याट उपहार पाए । उत्कृष्ट बलर बनेका जेम्सका प्रागभ पाण्डेले जुत्ता पुरस्कार हात पारे ।
विजेतालाई मातृभूमिका को–ओर्डिनेटर जयराम अधिकारीलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ छात्र टोली लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
The post जेम्सलाई यु १४ क्रिकेट उपाधि first appeared on हाम्रो खेलकुद.