यामलको ह्याट्रिकमा बार्सिलोनाको जित
एजेन्सी – लामिन यामलको शानदार ह्याट्रिकको मद्दतले बार्सिलोनाले ला लिगामा भिल्लारियललाई ४–१ ले हराएको छ।
यो जित प्रशिक्षक हान्सी फ्लिकका लागि विशेष रह्यो। बार्सिलोनाको मुख्य प्रशिक्षकका रूपमा यो उनको १ सयौं खेल थियो।
यामलले बाहेक वैकल्पिक खेलाडी रोबर्ट लेवान्डोस्कीले अन्तिम समयमा एक गोल थपे। यो जितसँगै शीर्ष स्थानको बार्सिलोना (६४ अंक) ले दोस्रो स्थानको रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको छ ।
खेलको पहिलो २० मिनेट खासै रोमाञ्चक थिएन। तर त्यसपछि २८ औं यामलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। फर्मिन लोपेजको पासमा उनले पहिलो गोल गरे।
३७ औं यामलले अर्को गोल गर्दै बार्सिलोनालाई २-० ले अघि बढाए। ४९औं मिनेटमा भिल्लारियलले पापे गेयेको गोलमार्फत अन्तर घटायो। तर ६९औं मिनेटमा पेड्रीको पासमा यामलले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।
इन्जुरी समयमा जुल्स कुन्डेको क्रसमा लेवान्डोस्कीले नजिकबाट गोल गरेपछि खेल ४–१ मा टुंगियो। भिएआर जाँचपछि गोल मान्य गरिएको थियो। यो जितसँगै बार्सिलोना उपाधि दौडमा थप मजबुत बनेको छ।

The post यामलको ह्याट्रिकमा बार्सिलोनाको जित first appeared on हाम्रो खेलकुद.