npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

एट्लेटिको तेस्रो स्थानमा

Prakash Timalsina 2 days ago

एजेन्सी – एट्लेटिको म्याड्रिडले ला लिगामा रियल‌ओभिएडोलाई‌ हराएको छ।‌

एस्टाडियो म्युनिसिपल कार्लोस टार्तिएरेमा भएको खेलमा जुलियन आल्भारेजले इन्जुरी समयको चौथो मिनेटमा निर्णायक गोल गर्दै एट्लेटिकोको १-० को जित सुनिश्चित गरे।

खेलको सुरुवातमा रेल ओभिएडो आक्रमक देखिएको थियो। फेडेरिको भिन्यासले केही राम्रा प्रहार गरे, तर एट्लेटिको म्याड्रिडका गोलरक्षक यान ओब्लाकले बचाए। पहिलो हाफको इन्जुरी समयमा पनि ओब्लाकले दुई वटा प्रहार रोके ।

दोस्रो हाफमा एट्लेटिको म्याड्रिड सुधारिएको देखियो। प्रशिक्षक डिएगो सिमेओनेले आल्भारेजलाई मैदानमा पठाएपछि टोली आक्रमक भयो।

खेलको अन्तिम समयमा पनि धेरै अवसरहरु आए। ८६औँ मिनेटमा एलेक्स बेएनाको गोल अफसाइडका कारण रद्द भयो भने भिन्यासको हेडर पनि ओब्लाकले बचाए।

तर अन्तिम मिनेटमा आल्भारेजले बललाई नजिक बाट गोल गर्दै एट्लेटिको म्याड्रिडको जित सुनिश्चित गरे।
यो जितसँगै एट्लेटिको म्याड्रिड ला लिगा तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

यामलको ह्याट्रिकमा बार्सिलोनाको जित

लामिन यामलको शानदार ह्याट्रिकको मद्दतले बार्सिलोनाले ला लिगामा भिल्लारियललाई ४–१ ले हराएको छ।

यो जित प्रशिक्षक हान्सी फ्लिकका लागि विशेष रह्यो।  बार्सिलोनाको मुख्य प्रशिक्षकका रूपमा यो उनको १ सयौं खेल थियो।

यामलले बाहेक वैकल्पिक खेलाडी रोबर्ट लेवान्डोस्कीले अन्तिम समयमा एक गोल थपे। यो जितसँगै शीर्ष स्थानको बार्सिलोना (६४ अंक) ले दोस्रो स्थानको रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको‌ छ ।

खेलको पहिलो २० मिनेट खासै रोमाञ्चक थिएन। तर त्यसपछि २८ औं यामलले गोल गर्दै टोलीलाई अग्रता दिलाए। फर्मिन लोपेजको पासमा उनले पहिलो गोल गरे।

३७ औं यामालले अर्को गोल गर्दै बार्सिलोनालाई २-० ले अघि बढाए। ४९औं मिनेटमा भिल्लारियलले पापे गेयेको गोलमार्फत अन्तर घटायो। तर ६९औं मिनेटमा पेड्रीको पासमा यामलले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

इन्जुरी समयमा जुल्स कुन्डेको क्रसमा लेवान्डोस्कीले नजिकबाट गोल गरेपछि खेल ४–१ मा टुंगियो। भिडियो सहायक रेफ्री (भीएआर) जाँचपछि गोल मान्य गरिएको थियो। यो जितसँगै बार्सिलोना उपाधि दौडमा थप मजबुत बनेको छ।

The post एट्लेटिको तेस्रो स्थानमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category