npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

सञ्जुको उत्कृष्ट ब्याटिङमा भारत टि ट्वान्टी विश्व कपको सेमिफाइनलमा

Prakash Timalsina 2 days ago

एजेन्सी – सञ्जु सामसनको उत्कृष्ट इनिङ्समा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ।

कोलकाताको इडेन गार्डेन्समा सुपर एटको अन्तिम खेलमा १ सय ९५ रनको लक्ष्य पछ्याएको भारतले १९. २ ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनायो।

सामसनको धैर्यपूर्ण इनिङ्स

लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले आक्रामक सुरुआत गरे। तर अभिषेक शर्मा‌ (१० रन) र इशान किशन‌(१० रन) दुवै आउट भएपछि भारत ४१ रनमा २ विकेट गुमाएर दबाबमा पर्यो।

त्यसपछि सञ्जु सामसन र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे। सामसनले अर्धशतक पूरा गरे भने सूर्यकुमार (१८ रन) ले पनि आकर्षक प्रहार गरे।

तर सूर्यकुमार क्याच आउट भएपछि खेल फेरि खुला बन्यो। सामसन भने अन्त्यसम्म डटेर खेले। उनले ५० बलमा १० चौका र ४ छक्कासहित‌नटआउट ९७ रन बनाए।

तिलक वर्मा (२७ रन) ले राम्रो साथ दिए । तर उनी पनि आउट भएपछि भारतलाई अन्तिम ३० बलमा ५० रन आवश्यक थियो।

त्यसपछि हार्दिक पाण्ड्या ( १७ रन) र शिवम दुबे (नटआउट ८ रन) ले संयमित खेल प्रस्तुत गरे। अन्ततः सामसनले नै विजयी रन प्रहार गरे। जितपछि उनी मैदानमै भावुक बनेका थिए।

वेस्ट इन्डिजको चुनौतीपूर्ण स्कोर

त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको भारतले सुरुआतमा दबाब खेप्यो। वेस्ट इन्डिजका कप्तान साइ होप र रस्टन चेज ( ४० रन)ले आक्रामक ब्याटिङ गरे। हार्दिक र अर्शदीप सिंहलाई चौका–छक्का प्रहार गरिएको थियो।

तर वरुण चक्रवर्तीले होप (३२ रन) लाई बोल्ड गरेपछि खेलको मोड फेरियो। जसप्रित बुमराहले हेटमायर (२७ रन) लाई आउट गरे भने हार्दिकले रदरफोर्ड (१४ रन) लाई पवेलियन फर्काए।

अन्त्यमा रोभम्यान पावेल (३४ रन) र जेसन होल्डर (३७ रन) ले अविजित ७६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई ४ विकेटमा १ सय ९५ रनको बलियो अवस्थामा पुर्‍याए।

तर अन्ततः रात सामसनकै नाममा रह्यो। अब भारतले बिहीबार मुम्बईमा इङ्ग्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ। पहिलो सेमिफाइनल दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच हुनेछ।

The post सञ्जुको उत्कृष्ट ब्याटिङमा भारत टि ट्वान्टी विश्व कपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category