आर्मीको पाँचौं जित
Prakash Timalsina
|
3 days ago
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले एक्स्ट्रिम राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सुरुआतदेखि नै आक्रामक रहेको आर्मीले नवौं मिनेटमा जर्जप्रिन्स कार्कीको गोलमा सुरुआती अग्रता लियो।
५४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । ७६औं मिनेटमा कुन्साङ लामाले टोलीकस लागि तेस्रो गोल गरे।
आर्मीको यो पाँचौं जित हो। आर्मीले ८ खेलमा १७ अंक जोडेको छ। आठौं हारपछि अंकविहिन नव जनजागृति पुछारमा छ।
The post आर्मीको पाँचौं जित first appeared on हाम्रो खेलकुद.