श्री भगवतीको जित, एपिएफ र पुलिसको बराबरी
काठमाडौं (हाम्रो खेलकुद)- सुजन डंगोलको ह्याट्रिकमा श्री भगवती क्लबले एक्स्ट्रिम राष्ट्रिय लिगमा काक्रेविहार क्लबलाई ६-० ले हराएको छ।
अर्को खेलमा एपिएफ क्लबलाई नेपाल पुलिस क्लबलाई २-२ ले रोकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सफलता प्राप्त गर्दै राष्ट्रिय लिगमा दोस्रो दोस्रो जित निकालेको हो।
२६औं मिनेटमा दिवस उराउको गोलमा भगवतीले अग्रता लियो । ३७ औं मिनेटमा सुरजले गोल गर्दै भगवतीलाई २-० ले अघि बढाए।

६९औं मिनेटमा कप्तान शिशिर लेखीले गोल गरेपछि भगवतीले ३-० को अग्रता बनायो। सुजनले ८७औं र इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
लिगमा ८ खेल खेलेको भगवतीले ८ अंक जोडेको छ। काँक्रेविहारको यो सातौं हार हो। समान खेलबाट काँक्रेविहारको १ अंक छ।
एपिएफ रोकियो
विभागीय डर्बीमा पुलिसले एपिएफलाईबराबरीमा रोकेको छ।
दशरथ रंगशालामा १० मिनेटमा प्रदीप लामाको गोलमा एपिएफले सुरुआती अग्रता लियो। तर, एपिएफले अग्रता लामो समय जोगाउन सकेन। २७ औं मिनेटमा रामचन्द्र वाजीको क्रसमा शिशिर चौधरीले गोल गर्दै पुलिसलाई १-१ को बराबरीमा ल्याए।
६०औं मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई पुन: अग्रता दिलाए। ८८ औं मिनेटमा ओशेन्द्र कटुवालले गोल गर्दै पुलिसलाई पुनः बराबरी ल्याए ।
एपिएफको यो दोस्रो बराबरी हो। लिगमा एपिएफले ८ खेलमा २० अंक जोडेर शीर्षस्थानमै छ। पुलिसको पनि यो दोस्रो बराबरी हो। समान खेलबाट पुलिसको ८ अंक छ।
The post श्री भगवतीको जित, एपिएफ र पुलिसको बराबरी first appeared on हाम्रो खेलकुद.